भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
नायक राजेश हमाल लाखौ युवतीको मनमा छन् । उनीसँग एकपटक भेट्ने, डेटमा जाने सपना धेरै युवतीले देखेका हुन्छन् । राजेश हमाललाई भेट्दा वा देख्दा आखाबाट धेरैका आशु पनि झरेका छन् । तर नेपाली सिनेमाकी एक नव नायिकालाई पनि राजेश हमालसँग फोटो खिचाउँदा यस्तै भएको छ । एक कार्यक्रममा पुगेका नायक राजेश हमालसँग फोटो खिचेपछि नायिका अशिष्मा नकर्मीको आखाबाट आशु नै झरेको थियो ।
‘राजेश हमाल जी मलाई पहिले देखि नै धेरै मनपर्छ, तर आजसम्म मैले उहाँसँग फोटो खिचाउने अवसर पाएको थिइन्, आज मैले संसार नै पाए जस्तो भएको छ’, अशिष्माले भनिन् ।
लामो समयदेखि हमालसँग भेट्ने चाहना बोकेकी अशिष्माले फोटो नै खिच्ने अवसर पाएपछि आफूलाई सम्हाल्नै सकिनन् र आखाबाट आशु झारिन् । लाखौ युवती जस्तै आफू पनि हमालको फ्यान भएको उनको तर्क छ । फोटो खिचाउन पाउँदा नै आखाबाट आशु झार्ने अशिष्माले राजेशसँग सिनेमा नै खेलिन् भने उनी कत्ती खुशी होलिन्, त्यो भने हेर्न बाँकी छ ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.