Widgets

Home » » चोरी गर्दागर्दै प्रहरी जवान च्याप्पै

चोरी गर्दागर्दै प्रहरी जवान च्याप्पै

Written By sangalo on Saturday, July 20, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
५ साउन, अछाम । अछामको सरमुकाम मंगलसेनमा चोरीको आरोपमा प्रहरी जवान पक्राउ परेका छन् । स्थायी घर दार्चुला भई बिगत ४/५ महिनादेखि मंगलसेन चौकीमा कार्यरत प्रहरी जवान अमर कुँवरले स्थानीय गोपाल थापाको घरमा चोरी गरेको हो । साउन ४ गते राति घरको कोठामा प्रहरी चोरी गर्दै गरेको अवस्थामा भेटिएपछि थापाले प्रहरीलाई खबर गरेका थिए । थापाका अनुसार पटक अरु समान र नगद पैसा समेत चोरी भएको पनि कुँवरले चोरेको शंका गरेका छन् । जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख श्याम प्रसाद पौडेलले घटनाका बिषयमा अनुसन्धान भइरहेको बताउनुभयो । चारी गरेको पुष्टि भए कुँवरलाई कडा रुपमा बिभागीय कारबाही गरिने उहाँको भनाई छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger