Widgets

Home » » एमाओवादी उपाध्यक्ष श्रेष्ठ र महासचिव बोगटीले पनि राजीनामा दिए

एमाओवादी उपाध्यक्ष श्रेष्ठ र महासचिव बोगटीले पनि राजीनामा दिए

Written By sangalo on Saturday, July 20, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

Maoist

काठमाडौं, श्रावण ५ - एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव पोष्टबहादुर बोगटीले राजीनामा दिएका छन् । राजधानीमा जारी विस्तारित बैठकमा अध्यक्ष पुष्पकमल दाहालले एकल पदाधिकारीको प्रस्ताव राखेपछि श्रेष्ठ र बोगटीले राजीनामा दिएका हुन् । दाहालको प्रस्तावमा श्रेष्ठले भने तीब्र असन्तुष्ट राख्दै आएका छन् । श्रेष्ठ र बोगटीले राजीनामा नदिएको अवस्थामा पनि उनीहरुको पद आइतबार खारेज हुँदै थियो । दुवैले शनिबार साँझ नै राजीनामा दिएका थिए । श्रेष्ठ र बोगटीले अध्यक्ष दाहाललाई राजीनामा बुझाएको बताए पनि विस्तारित बेठकमा सार्वजनिक गरिएन । उपाध्यक्ष श्रेष्ठ र महासचिव पोष्टबहादुर बोगटीले राजीनामा दिएको चर्चा आउँदा पनि विस्तारित बैठकमा सार्वजनिक नगरिएको भन्दै आक्रोस व्यक्त भएको छ । सहभागी एक नेताका अनुसार शनिबार समूहगत धारणा राख्ने १६ वटै टोलीले राजीनामाबारे विस्तारित बैठकमा जानकारी गराउन माग गरेका छन् । 'राजीनामाबारे स्पष्ट मार्न माग गर्‍यौं,' ती नेताले शनिबार साँझ ईकान्तिपुरसित भने, 'उहाँहरुले बोल्नुभएन ।'

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger