Widgets

Home » » भोलिदेखि दाहाल अध्यक्ष, अरु सवै केन्द्रीय सदस्य एमाओवादी नेतृले दाहाललाई बोलाइन् डेटिङमा

भोलिदेखि दाहाल अध्यक्ष, अरु सवै केन्द्रीय सदस्य एमाओवादी नेतृले दाहाललाई बोलाइन् डेटिङमा

Written By sangalo on Saturday, July 20, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

Maoist

काठमाडौं, श्रावण ५ - एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षबाहेक सवैलाई केन्द्रीय सदस्य बनाउनेसहितको राजनीतिक एवं सांगठनिक प्रस्ताव पारित हुने भएको छ । राजधानीको खन्ना गार्मेन्टमा जारी केन्द्रीय समितिको विस्तारित बैठकमा शनिबार बोल्ने १६ वटै टोली समूहका नेताले समर्थन जनाएपछि दाहालको प्रस्ताव पारित हुने निश्चितप्रायः छ । यद्यपि टोली नेताहरुले पद त्याग गर्ने उपाध्यक्ष बाबुराम भट्टराईको निर्णयको विरोध गरे । बैठकमा लिम्बूवानबाट टङ्क आङ्बुहाङ, किराँतबाट सुरेशकुमार राई, थारुवानबाट जगप्रसाद शर्मा, अवधबाट कमल चुदारी, भोजपुराबाट अन्जना बिशंखे, मगरातबाट समरसिंह, तमुवानबाट हरि अधिकारीले धारणा राखे । ताम्सालिङबाट हितबहादुर तामाङ, सेती महाकालीबाट रेणु चन्द, भेरीकर्णालीबाट सुरेश पहाडी, मजदुरबाट शालिकराम जमकट्टेल, अन्तर्राष्ट्रिय ब्यूरोबाट युवराज चौलागाईँ र सल्लाहकार परिषद्बाट नन्दकुमार प्रसाईंले धारणा राखे । सवै टोली नेताहरुले दाहालको प्रस्तावको समर्थन गर्दै पार्टीभित्र त्यागको भावना बढाउनुपर्नेमा जोड दिए । उनीहरुले दाहालको प्रस्ताव पदलोलुपहरुको लागि झापड भएको बताए । विस्तारित बैठकमा आइतबार अध्यक्षबाहेक सवैलाई केन्द्रीय सदस्य बनाउने दाहालको प्रस्ताव संशोधनसहित पारित गर्ने कार्यक्रम छ । २०६१ सालमा भएको चुनवाङ बैठकबाट दाहालले सवै नेतालाई एक तह घटुवा गरि आफूमात्र अध्यक्ष भएका थिए । दाहाललाई डेटिङ निम्तो समूहगत धारणा राख्दै एमाओवादी नेतृ रेणु चन्दले अध्यक्ष दाहालको मधेससँग लभ परेको भनाइलाई व्यंग्य गरिन् । 'अध्यक्ष कमरेड मधेससित लभ पर्‍यो भन्नुहुन्छ, सेतीमहाकालीसँग चाँही नि,' उनले भनिन्, 'भैगो हामीसित लभ नपरे पनि डेटिङ चाँही आउनुपर्‍यो ।'

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger