भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
भक्तपुर, श्रावण १२ - भक्तपुरको सिपाडोडमा रहेको हिमाल पोल्ट्री फर्मको कुखुरामा वर्ड फ्लु भेटिएको छ । सिपाडोल वडा २ र ९ मा रहेको पोल्ट्री फर्ममा रहेको कुखुरा परीक्षण गर्दा वर्ड फ्लु भेटिएको हो । बर्ड फ्लुका कारण एकसाता भित्र र्फमको करिब ५ हजार कुखरा मरेका थिए । बाँकी कुखुरा अहिले सरकारी टोलीले नष्ट गरिरहेको जिल्ला पशुसेवा कार्यालय भक्तपुरका प्रमुख खगेन्द्र भट्टले जानकारी दिए । उक्त फर्मले बर्ड फ्लु रहेको पत्ता लागेपछि रातारात कुखुरा बिक्री गरेको आशंका गरिएको छ । केन्द्रीय पशुरोग अनुसन्धान अन्वेषण केन्द्रले गरेको परीक्षणको रिपोर्ट हिजो आएको थियो । हिजो उपत्यकाका अन्य स्थानमा पनि बर्ड फ्लु संक्रमित कुखुरा नष्ट गरिएको थियो । फर्ममा रहेका ९ हजार ५ सय कुखुरामध्ये ५ हजार कुखुरा मरेपछि बाँकी कुखुरालाई आज नष्ट गरिएको हो । बाँकी हुनुपर्ने कुखुराको संख्या कम भएकाले बिक्रीको आशंका गरिएको हो ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.