भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
सोल, श्रावण १२ - दक्षिण कोरिया सरकारले नेपालका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तरगत चौथो भाषा परीक्षा सञ्चालन गर्ने भएको छ । नेपाल ईपीएस शाखा ग्वार्को ललितपुरले परीक्षा कार्यक्रम सार्वजनिक गर्दै उक्त कुरा जनाएको हो । एक दिनमा दुई सिफ्ट संचालन हुने उक्त परीक्षा असोज २० र २१ मा संचालन हुने र ८ हजार २ सय उमेरद्वारलाई उत्तीर्ण गर्ने जनाइएको छ । औद्योगीक उत्पादन मुलक मुलक क्षेत्रमा ४ हजार ६ सय कृषि तथा पशुपालनमा ३ हजार ६ सय परीक्षार्थी उतीर्ण गराइने प्रकाशित सूचनामा उल्लेख छ । यो संख्या तेस्रो भाषा परीक्षाको तुलनामा झण्डै आधा कम हो भने मंगोलिया र अन्य मुलुकको तुलनामा दोब्बर बढी हो । नेपाली कामदारहरु इमान्दार र परिश्रमी भएकाले कोरियन रोजगारदाताको छनौटमा बढी पर्ने गरेका छन् । कोरियाले आन्तरिक श्रम बजार र सम्बन्धित देशका अवैधानिक कामदारको संख्या र अपराधिक गतिविधिका आधारमा कोटा वितरण गर्दछ । अन्य मुलुकको दाजोमा अवैधानिक नेपालीको संख्या न्यून रहेको छ । सूचनामा जनाइए अनुसार परीक्षार्थीले आवेदन गर्दा पछि परिवर्तन नगर्ने गरी औद्योगीक उत्पादन,कृषि मध्ये आफूले जान चाहेको क्षेत्र छान्नुपर्ने छ । त्यस्तै आवेदक १८ देखि ३९ बर्ष उमेर समुहको हुनुपर्ने छ । अपराधिक गतिविधिमा संलग्न नभएको, विगतमा गणतन्त्र कोरियामा गइ गैह्र कानुनी रुपमा बसोबास नगरेको । आफ्नो देशबाट विदेश जान रोक नलगाइएको र दुई देशले निर्धारण गरेको मापदण्ड पुग्ने उमेरद्धारले परीक्षामा सहभागि हुन पाउने छन् । भाषा परीक्षामा उच्चत्तम अंक ल्याउने ३० प्रतिशत परीक्षार्थीले सीप परीक्षामा सहभागि हुन पाउने छन् । आवेदन काठमाण्डौमा तीन स्थान,धरान तथा बुटवलबाट भदौ ५ गते देखि ८ गते बिहान ९ देखि ६ बजेसम्म आवेदकले नै बुझाउनु पर्ने छ । आवेदन संगै राहदानीको फोटोकपि, हालसालै खिचेको ३.५८ ४.५ सेमीको २ प्रति फोटो र दस्तुर बुझाएको अर्ध्ाकट्टी संलग्न हुनु पर्नेछ । परीक्षा शुल्क अमेरिकी डलर चौविस -२४) लाग्नेछ । आवेदकले जुन दिनमा दर्ता फाराम बुझाउने हो सो को अघिल्लो दिनका लागि केन्द्रीय बैंकले तोकेको विनिमय दरका हिसाबबाट हुन आउने नेपाली रुपैयाको हिसाब कार्यालयले तोकेको बैंकमा बुझाउनु पर्ने छ । विशेष कारणबश आवेदन फाराम रद्द गर्न चाहनेहरुले दर्ता अवधिभित्र रद्द गर्न सक्नेछन् । रकम बुझाएको भौचर सहित उपस्थित भए रकम फिर्ता दिइन पनि सूचनामा उल्लेख छ । परीक्षा ७० मिनेटको हुन्ोछ । पढाई तर्फ १०० पूणर्ांकमा २५ प्रश्नहरुका लागि ४० मिनेट र सुनाई तर्फ १०० पूणर्ांकमा २५ प्रश्नका लागि ३० मिनेट छुट्याइएको छ । परीक्षार्थीले उत्तर दिंदा कालो वलपेन प्रयोग गर्नुपर्ने छ । अन्य रंगको मसी वा पेन्सील प्रयोग गरे रद्ध हुने पनि जनाइएको छ । परीक्षा स्थल र समय असोज ९ गते प्रकाशन गरिने पनि जनाइएको छ भने परीक्षफल कात्तिक ४ गते प्रकाशित गरिने जनाइएको छ । 'कोरियन भाषा परीक्षा उत्तीर्ण गर्नु कोरियामा रोजगारीकोआवेदन दिन योग्य हुनु हो तर कोरियामा रोजगारी पाइने ग्यारेण्टी भने होईन ।' सूचानामा उल्लेख छ । परीक्षा स्थलमा मोबाइल फोन,क्यासेट प्लेयर,एमपी थ्री प्लेयर,इलेक्ट्रोनिक डिक्सनेरी ,पीडीए र अन्य इलेक्ट्रोनीक डिभाइसहरु प्रयोग गर्न नपाइने जनाइएको छ । परीक्षा अवधिमा यस्ता सामानहरुको प्रयोग गरेको पाइएमा त्यस्ता परीक्षार्थीलाई २ बर्षसम्म ईपीएस परीक्षामा अयोग्य हुने गरी कार्वाहि गरिने पनि जनाइएको छ । सन् २००७ को जुलाई २३ मा नेपाल र कोरियाविच श्रम मन्त्रीस्तरीय सम्झौता भए यता तीन पटक भाषा परीक्षा संचालन भइसकेको छ । हालसम्म १८ हजार भन्दा बढी नेपाली युवाले रोजगारी पाइसकेका छन् । कोरियामा निजी क्षेत्रबाट कामदार पठाउने ब्यबस्था छैन । ईपीएस सम्बन्धी सबै काम नेपाल र कोरिया सरकारबाट हुने भएकाले कम लागतमा कोरिया पर्न गएको हो । यहा आएका नेपाली कमदारले मासिक न्यूनत्तम ९० हजार रुपैया कमाउन सक्छन् ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.