Widgets

Home » » खोप्ने, रोप्ने र घुसार्नेहरुका अनौठा विश्वकिर्तिमान (फोटोफिचर सहित)

खोप्ने, रोप्ने र घुसार्नेहरुका अनौठा विश्वकिर्तिमान (फोटोफिचर सहित)

Written By sangalo on Tuesday, July 23, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
मान्छेले विभिन्न काम गरेर किर्तिमान कायम गर्छन् । विश्व किर्तिमान कायम गरी गिनिज बुकमा नाम लेखाउन सजिलो छैन । किर्तिमान कायम गर्न अरुले भन्दा नौलो, असजिलो वा अधिकतम काम गर्नुपर्ने भएकाले पनि यसो गर्नु जो कोहीका लागि सम्भव हुँदैन । विश्वमा केही त्यस्ता मानिस छन् जसले जिउमा खोपेर, रोपेर तथा घुसारेर विश्व किर्तिमान कायम गरेका छन् । हेरौँ त्यस्ता किर्तिमानी मानिसहरु :
यी हुन् टाउकोमा सबैभन्दा बढि सुइ रोप्ने विश्व किर्तिमानी पुरुष । चीनका वेइ सेंगचुले टाउकोमा २ हजार ९ वटा सुइ रोपेर सन् २००९ मा कायम गरेको किर्तिमान अहिलेसम्म कसैले तोड्ने हिम्मत गरेको छैन ।
needle man
आफुलाई पि्रनस एल्बर्टको नामले चिनाउने यी बेलायती जोन लिन्चले आफ्नो जिउमा २४१ व्टा प्वाल पारेर सुइ वा रिंग घुसारेका छन् । सन् १९३० मा जन्मेका यी वृद्धले सन् २००८ मा यो किर्तिमान कायम गरेका हुन् । उनका २४१ प्वालमध्ये १५१ वटा प्वाल त टाउको र घाँटीमा मात्र छन् ।
pierce man
विश्वमा सबैभन्दा बढि टाटु खोप्ने पाका पुरुष बेलायतका टम लेपार्ड हुन् । ७४ वर्षका लेपार्डले आफ्नो सरीरको ९९.९ प्रतिशत भागमा चितुवाको जस्तो देखिने गरी टाटु खोपाएका छन् ।
tatoo man
सरीरमा सबैभन्दा बढि टाटु खोपाउने पाकी महिला पनि बेलायतकै हुन् । इसोबेल भ्यालरी नामकी ती महिलाले आफ्नो सरीरका ९३ प्रतिशत भागमा टाटु खोपाएकी छिन् ।
tatoo women

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger