Widgets

Home » » 'म प्रधानमन्त्री भए ज्ञानेन्द्रलाई जेल हाल्थें'

'म प्रधानमन्त्री भए ज्ञानेन्द्रलाई जेल हाल्थें'

Written By sangalo on Tuesday, July 23, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

baburam

काठमाडौ, श्रावण ९ - एमाओवादी नेता बाबुराम भट्टराईले पूर्वराजा ज्ञानेन्द्र शाहले प्रतिगमन फर्काउन चलखेल गरेको भन्दै उनलाई जेल हाल्नुपर्ने बताएका छन् । उनले आफू प्रधानमन्त्री भएको भए जेल हाल्ने दाबीसमेत गरे । सुदूरपश्चिममा बाढीपीडितलाई राहत बाँड्न पुगेका पूर्वराजा शाहको गतिविधि गम्भीर भएको भन्दै भट्टराईले जेल हाल्नुपर्ने अभिव्यक्ति दिएका हुन् । उनले आफू प्रधानमन्त्री भएका बेला जेल हाल्ने तयारी गरेको दाबीसमेत गरे । 'सबै नेता विदेशी दलाल हुन् भनेर फेरि राजा चाहियो भन्ने प्रयत्न भएको छ । ज्ञानेन्द्रले त्यत्तिकै नाटक गरेका छैनन् । म प्रधानमन्त्री भए जेल हाल्दिन्थें । म उनलाई घुम्न पनि दिने थिइनँ,' उनले आफ्नो निवास सानेपामा संवाददाताहरूसँग भने, 'मेरो त्यतिसम्म आँट थियो । नागार्जुनबाट ल्याएर जेल राखिदिन्छु भन्ने निर्णय पनि गर्न लागेको थिएँ । फेरि अरूलाई पनि मिलाएर जानुपर्‍यो, कांग्रेस, एमाले बल्ल-बल्ल गणतन्त्रमा आएकाले बढी गर्‍यो भन्लान् भनेर रोकिएको हो ।' उनले २०४७ सालको संविधन ब्युँताउन पूर्वराजा लागिपरेको दाबी गरे । 'मन्दिर-मन्दिर वर्षाका बेलामा उनी राजनीति गर्न हिँडेका हुन् । उनले २०४७ सालको संविधान ब्युँताउन करोडौं रुपैयाँ बाँडिरहेका छन्,' उनले भने, 'महाकालीका बाढीपीडितलाई राहत दिन अहिले उनका आँसु आए । त्यत्रो वर्ष बाबुबराजुले देशलाई बर्बाद पारे, त्यो कसले तिर्छ ? अहिले उनले बडो जनताको पक्षमा गोहीका आँसु झारेर सीधै राजनीति गरेका छन् ।' पूर्वप्रधानमन्त्री भट्टराईले राजतन्त्र फर्काउन पूर्वराजाले विभिन्न शक्तिकेन्द्रमा दूत परिचालन गरेको सूचना प्राप्त भएको जनाए । 'विभिन्न शक्तिकेन्द्रमा दूतमार्फत म फिर्ता पाउन पाऊँ हजुर भन्दै बिन्तीपत्र हालिरहेका छन्,' उनले आक्रोशित हुँदै भने, 'राजा राष्ट्रवादी हो र दलहरू, अझ हामी माओवादी विदेशी दलाल भन्ने प्रचार दुर्भाग्यपूर्ण र गम्भीर छ ।' पूर्वराजाका गतिविधिलाई भन्डाफोर गर्न जरुरी रहेको उनको भनाइ थियो । 'ज्ञानेन्द्रको मुभ गम्भीर छ । गम्भीर छन् । उनको क्रियाकलाप र उनका मान्छेले जे गतिविधि गरिरहेका छन्,' उनले भने, 'भन्डाफोर गर्न जरुरी छ । भन्डाफोर गरिएन भने जनतालाई भ्रमित पारेर प्रतिक्रान्तिको आधार तयार पार्ने काम हुन्छ ।' नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य र सचिव नेत्रविक्रम चन्दले राष्ट्रियताको मुद्दामा राजावादीसँग एकता गर्न सकिने अभिव्यक्ति दिनु अनौठो भएको उनले बताए । 'क्रान्तिकारी कित्ताका साथीहरूले राजा राष्ट्रवादी हुन् भन्ने कुराले मुलुकलाई कहाँ पुर्‍याउँछ ?,' उनले भने । उनले अध्यक्ष दाहालको एकल नेतृत्व नभएको पनि बताए ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger