Widgets

Home » » ११ कक्षामा भर्ना हुँदै आर्यन सिग्देल

११ कक्षामा भर्ना हुँदै आर्यन सिग्देल

Written By sangalo on Thursday, July 18, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
वास्तविक जीवनमा त आर्यनको अध्ययनको बिषयमा खासै कुराहरु बाहिर आएका छैनन् । तर चलचित्रको पर्दामा भने आर्यन ११ कक्षामा पढ्ने तयारीमा छिन् । बलिउड नायक आमिर खानले ४० बर्ष काटिसकेपछि चलचित्र ‘थ्री इडियट्स’मा कलेजमा पढ्ने एक युवकको भूमिका निर्वाहा गरेका थिए । नेपाली सिनेमाका चकलेटी हिरो आर्यन पनि अहिले यस्तै लयमा लागेका छन् । उनी ११ कक्षामा पढ्ने युवक बन्न खोज्दैछन् । छायांकनको क्रममा रहेको चलचित्र ‘मदुमास’मा आर्यनलाई यस्तो भूमिकामा देख्न सकिनेछ । यसका लागि आर्यन अहिले आफ्नो तौल घटाइरहेका छन् । आर्यनका अनुसार उनी तौल घटाएर ११ कक्षामा पढ्ने १६ बर्षको ठिटो बन्नका लागि दैनिक व्यायम गरिरहेका छन् । बिहान १ घन्टा दौडन्छु, बेलुकी जिम जान्छु आर्यनले अनलाइनखबरसँग भने ।१६ बर्षको यूवक बन्न खोज्दा खोज्दै दुब्लाएर कमजोर भैसकेको आर्यनको तर्क छ । सुदर्शन थापाको निर्देशनमा बाबुराम दाहालले निर्माण गरिरहेको यो चलचित्रमा आर्यन फ्ल्यास ब्याकमा पुग्नेछन्, जहाँ उनी ११ कक्षामा पढिरहेका हुन्छन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger