भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
वास्तविक जीवनमा त आर्यनको अध्ययनको बिषयमा खासै कुराहरु बाहिर आएका छैनन् । तर चलचित्रको पर्दामा भने आर्यन ११ कक्षामा पढ्ने तयारीमा छिन् । बलिउड नायक आमिर खानले ४० बर्ष काटिसकेपछि चलचित्र ‘थ्री इडियट्स’मा कलेजमा पढ्ने एक युवकको भूमिका निर्वाहा गरेका थिए ।
नेपाली सिनेमाका चकलेटी हिरो आर्यन पनि अहिले यस्तै लयमा लागेका छन् । उनी ११ कक्षामा पढ्ने युवक बन्न खोज्दैछन् । छायांकनको क्रममा रहेको चलचित्र ‘मदुमास’मा आर्यनलाई यस्तो भूमिकामा देख्न सकिनेछ । यसका लागि आर्यन अहिले आफ्नो तौल घटाइरहेका छन् ।
आर्यनका अनुसार उनी तौल घटाएर ११ कक्षामा पढ्ने १६ बर्षको ठिटो बन्नका लागि दैनिक व्यायम गरिरहेका छन् । बिहान १ घन्टा दौडन्छु, बेलुकी जिम जान्छु आर्यनले अनलाइनखबरसँग भने ।१६ बर्षको यूवक बन्न खोज्दा खोज्दै दुब्लाएर कमजोर भैसकेको आर्यनको तर्क छ । सुदर्शन थापाको निर्देशनमा बाबुराम दाहालले निर्माण गरिरहेको यो चलचित्रमा आर्यन फ्ल्यास ब्याकमा पुग्नेछन्, जहाँ उनी ११ कक्षामा पढिरहेका हुन्छन् ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.