Widgets

Home » » पेटेन्ट दर्तामा पछाडि छन् नेपाली व्यवसायी स्वेदशी र विदेशी कम्पनीबाट ३६/३६ वटा दर्ता

पेटेन्ट दर्तामा पछाडि छन् नेपाली व्यवसायी स्वेदशी र विदेशी कम्पनीबाट ३६/३६ वटा दर्ता

Written By sangalo on Thursday, July 18, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
रमेश घिमिरे
३ साउन, काठमाडौं । विश्वव्यापीकरणको सन्दर्भमा पेटेन्ट राइट उद्योगीको आम्दानी बढाउने प्रमुख स्रोत बनेको छ । नयाँ प्रक्रिया र वस्तु आविस्कारमा आफ्नो अधिकार स्थापित गर्न पेटेन्टको महत्व छ । नेपाली व्यवसायी भने यस्तो आम्दानीमा निकै पछाडि रहेका छन् ।
patent
गत चैतसम्म नेपालमा स्वेदशी व्यवसायीले ३६ र विदेशी कम्पनीले ३६ गरी ७२ पेटेन्ट दर्ता भएका उद्योग विभागले जनाएको छ । सम्बन्धित कम्पनीले पेटेन्ट दर्ता गरेपछि उसको अनुमतिबिना सोही प्रडक्ट वा उत्पादन प्रक्रिया दोस्रो कम्पनीले प्रयोग गर्न पाउँदैन । पेटेन्ट दर्ता गर्ने कम्पनीलाई रोयल्टी भुक्तानी गरेर मात्र प्रयोग गर्न सकिन्छ ।
नेपालमा विदेशी कम्पनीको बजार सानो भएको कारण विदेशीले न्यून पेटेन्ट दर्ता गरेका छन् भने नेपाली व्यवसायीले नयाँ प्रक्रिया, प्रविधि र प्रडक्ट विकास गर्न नसकेका कारण न्यून दर्ता गरेका हुन् । नेपालमा रिसर्च एण्ड डेभलपमेन्ट (आर एण्ड डी) लाई खासै महत्व नदिइएको कारण पेटेन्ट दर्ता बढ्न नसकेको नेपाल उद्योग वाणिज्य महासंघका महानिर्देशक हेमन्त दवाडीले बताउनुभयो ।
पेटेन्ट दर्ताका लागि सरकारको तर्फबाट पनि कमजोरी रहेको उद्योग मन्त्रालयकी प्रवक्ता यामकुमारी खतिवडा बताउनुहुन्छ । उत्पादन प्रक्रिया र प्रडक्टहरु नयाँ आविस्कार हुन या होइनन् भनेर परीक्षण गर्न सरकारसँग दक्ष जनशक्ति, प्रविधि र उपकरणको पनि अभाव रहेको उहाँले जानकारी दिनुभयो ।
पेटेन्टबाट फाइदा
कुनै कम्पनीले आफ्नो नाममा पेटेन्ट दर्ता गरेपछि उक्त वस्तु वा प्रक्रिया सामान्यतयाः २० वर्षसम्म आफैंले मात्र प्रयोग गर्न पाउँछ । अन्य कम्पनीले आविश्कारकको अनुमतिमा रोयल्टी बुझाएर प्रयोग गर्न सक्नछन् । यस व्यवस्थाले आफूले खोज, अनुसन्धान र लगानी गरेर उत्पादन गरेको सामान अर्को कम्पनीले नक्कल गरी बजार खोस्ने सम्भावनालाई अन्त्य गरिदिन्छ ।
विदेशी कम्पनीले नेपालमा कुनै वस्तुको पेटेन्ट दर्ता गरेपछि यहाँका कम्पनीले उक्त वस्तु उत्पादन गर्न पाउँदैनन् । त्यस्तै, नेपाली व्यवसायीले पेटेन्ट दर्ता गरेको वस्तु विदेशी कम्पनीले उत्पादन गरेर यहाँ बिक्री गर्न पाउँदैनन् ।
नेपाली वस्तुको विदेशमा पनि पेटेन्ट दर्ता गरियो भने सम्बन्धित मुलुकमा समेत त्यहाँका कम्पनीले उक्त सामान उत्पादन गर्न पाउँदैनन् । नेपालले हालसम्म विदेशमा कुनै पनि पेटेन्ट दर्ता गराएको छैन । यसले गर्दा नेपाली सामान विदेशमा उत्पादन भएर बिक्री भए पनि नेपालले रोयल्टी पाउँदैन ।
अमेरिकाभन्दा जापान अगाडि
वल्र्ड इन्टेलेक्चुअल प्रोपर्टी अर्गनाइजेसन -वाइपो) का अनुसार विश्वमा सबैभन्दा बढी पेटेन्ट दर्ता गर्ने मुलुक जापान हो । जापानले २०११ सम्म २ लाख ३८ हजार ३ सय २३ पेटेन्ट दर्ता गराएको वाइपोको २०१२ को प्रतिवेदनले उल्लेख गरेको छ । दोस्रो नम्बरमा रहेको अमेरिकाले २ लाख २४ हजार ५ सय ५ पेटेन्ट दर्ता गराएको छ । अमेरिकाले पेटेन्टबाट वाषिर्क ९० अर्ब डलर आम्दानी गर्ने गरेको छ ।
त्यसपछि क्रमशः चीन १ लाख ७२ हजार १ सय १३, दक्षिण कोरिया ९४ हजार ७ सय २०, यूरोपियन पेटेन्ट अफिस ६२ हजार १ सय १२, क्यानडा २० हजार ७ सय ६२, अष्ट्रेलिया १७ हजार ८ सय ७७ रहेका छन् । ५ हजार १ सय ६८ पेटेन्ट दर्ता गरी भारत १७ औं स्थानमा रहेको छ ।
पेटेन्टमा विवाद
समान्यतयाः प्रक्रिया र प्रडक्ट दुवैमा पेटेन्ट दर्ता गर्नुपर्ने मान्यता रहे पनि केही मुलुकले प्रक्रियामा पेटेन्ट दर्ता नगरेका कारण विवाद उत्पन्न हुने गरेको छ । भारतले प्रक्रियामा पेटेन्ट दर्ता गर्न नमान्दा पश्चिमा मुलुकले विरोध गरिरहेका छन् ।
भारतीय कानुन अनुसार, प्रडक्टको मात्र पेटेन्ट दर्ता गर्न पाइन्छ । पश्चिमा कम्पनीले भारतले आफ्नो पेटेन्ट रहेको प्रक्रिया प्रयोग गरी सामानहरु उत्पादन गरिरहेको भन्दै विरोध गरेका हुन् । यदि भारतले प्रक्रिया पनि दर्ता गरेमा विदेशी कम्पनीले दर्ता गरेको प्रक्रिया प्रयोग गरेर भारतीयले उत्पादन गर्न पाउने छैनन् ।
पेटेन्ट दर्ताको विषयमा एकरुपता ल्याएर विश्व व्यापारलाई विस्तार गर्न वाइपो र डब्लूटीओले विभिन्न सम्झौता गराउँदै आएका छन् । विश्वभर एकै प्रकारको कानुन निर्माण गरेर न्यायपूर्ण व्यापार स्थापित गर्न यी बहुपक्षीय अन्तर्राष्ट्रिय संगठनले पहल गरिरहेका छन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger