Widgets

Home » » प्रियंका जन्मदिन मनाउँदै, साहिदसँग सुटुक्क मध्यरातमै काटिन् केक

प्रियंका जन्मदिन मनाउँदै, साहिदसँग सुटुक्क मध्यरातमै काटिन् केक

Written By sangalo on Thursday, July 18, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
बलिउड नायिका प्रियंका चोपडाको बिहिबार जन्मदिन परेको छ । उनी आफ्नो जन्मदिन बलिउड नगरीको जमघटका साथ मनाउने तयारीमा छिन् । तर प्रियंकाको जन्मदिनमा केही गोप्य कुरा बाहिर आएको भारतिय संचारमाध्यमहरुले जनाएका छन् ।प्रियंकाले आफ्ना पूर्व प्रेमी शाहिद कपुरसँग केक काटेको बताइएको छ । आमिर खानले आयोजना गरेको पार्टी बिचमै छोडेर प्रियंका शाहिदलाई भेट्न पुगेकी थिइन् । शाहिद र प्रियंका अहिले पनि निक्कै मिल्ने साथी हुन् । प्रियंका शाहिदसँगको प्रेमसम्बन्धमा खुबै खुशी रहेकी थिइन् ।
यसैले पनि प्रियंकाको जन्मदिनका लागि शाहिदले केही दिन अघि बाटै तयारी गरेका थिए । यसैले पनि कटि्रना कैफ, आमिर खान समेत उपस्थित पार्टीलाई बिचमै छोडेर प्रियंका बाहिरिएकी थिइन् ।
पूर्व मिस वल्र्ड प्रियंका चोपडा अहिले बलिउडकै चर्चित नायिकाको रुपमा चिनिन्छिन् । हालै मात्र उनले अभिनय गरेको चलचित्र ‘बर्फी’ले उनलाई अझै चर्चाको शिखरमा पुर्‍याएको छ । अर्कोतिर प्रियंकाले हालै मात्र एक एल्बम पनि सार्वजनिक गरेर आफूलाई गायनको क्षेत्रमा दह्रो रुपमा उभ्याएकी छिन् । नायिका चोपडालाई हाम्रो तर्फबाट पनि जन्मदिनको शुभकामना ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger