Widgets

Home » » सामसङले एप्पललाई उछिन्यो

सामसङले एप्पललाई उछिन्यो

Written By sangalo on Sunday, July 28, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
सामसङले एप्पललाई उछिन्यो
सोल - दक्षिण कोरियाली मोबाइल फोन निर्माता कम्पनी सामसङले अमेरिकी मोबाइल फोन कम्पनी एप्पललाई आम्दानीमा पछाडि पारेको छ। एप्पललाई आम्दानीमा उछिनेपछि सामसङ संसारकै सबैभन्दा बढी नाफा कमाउने मोबाइल फोन निर्माता कम्पनी बनेको छ। सामसङको ह्यान्डसेट शाखाका अनुसार चालु वर्ष २०१३ को दोस्रो त्रैमासिकमा सञ्चालन नाफा ५ अर्ब २० करोड अमेरिकी डलर भएको छ। उता एप्पलको सञ्चालन नाफा भने यही अवधिमा ४ अर्ब ६० करोड डलरमा सीमित भएको छ। यो नाफा सामसङको भन्दा ६० करोड डलरले कम हो। उक्त अवधिमा एप्पलको आइफोन रेन्जले सोचेजति व्यापार नगरेको विश्लेषकहरूले बताएका छन्। गत अप्रिलदेखि जुन महिनाभित्र ३८ करोड ६० लाख थान मोबाइल फोन सम्बद्ध ग्राहकको हातमा पुगेको थियो। यो संख्या गत वर्षको दाँजोमा चार प्रतिशतले बढी हो। यो संख्यामा सामसङको बजार हिस्सा २७ दशमलव ७ प्रतिशत थियो। संसारमा टेलिभिजन सेट उत्पादन गर्ने कम्पनीमध्ये सबैभन्दा ठूलो सामसङले यो वर्ष दोस्रो त्रैमासिकमा कम्पनीको कुल नाफा ७ अर्ब डलर भएको जानकारी दिएको छ। 'सामसङको नाफाले मोबाइल फोन उद्योगमा भइरहेको तीव्र वृद्धिलाई संकेत गर्छ,' स्ट्राटेजी एनालिटिक्सका वरिष्ठ विश्लेषक नेइल शाहले भने, 'गत वर्ष दोस्रो त्रैमासिकपछि पहिलो पटक यसरी मोबाइल फोन उद्योग ह्वात्तै माथि आएको हो।' उनका अनुसार कम मूल्यका एन्ड्रोइड मोबाइलको माग एसिया र दक्षिण अमेरिकामा उच्च भएपछि सामसङले नाफा कमाउन सफल भएको हो। यो वर्ष दोस्रो त्रैमासिकमा सामसङ एक्लैले १० करोड ७० लाख थान मोबाइल फोन संसारभरका ग्राहकको हातमा पुर्‍याएको थियो। सामसङपछि दोस्रो बढी नाफा कमाए पनि एप्पल भने बजार हिस्सा र संख्यामा तेस्रो स्थानमा आएको छ। दोस्रो स्थानमा आएको फिनल्यान्डको कम्पनी नोकियाले बजार हिस्सा १५ दशमलव ८ प्रतिशत ओगटेको थियो भने ६ करोड ११ लाख थान मोबाइल ग्राहकको हातमा पुर्‍याएको थियो। तेस्रो बनेको एप्पलले भने ८ दशमलव १ प्रतिशत बजार हिस्सा ओगट्दै ३ करोड १२ लाख थानमात्र मोबाइल आफ्ना ग्राहकको हातमा पुर्‍याएको थियो। उता चौथो स्थानमा आएको दक्षिण कोरियाकै कम्पनी एलजीले ४ दशमलव ६ प्रतिशत बजार हिस्सा ओगट्दै १ करोड ७८ लाख थान सेट ग्राहकसम्म पुर्‍याएको थियो। चिनियाँ कम्पनी जेडटिई भने पाँचौं स्थानमा आएको छ। यसले पनि एलजीले जस्तै ४ दशमलव ६ प्रतिशत बजार हिस्सा बटुल्दै १ करोड ७६ लाख थान सेट बेचेको थियो। त्यसपछि अन्य कम्पनीहरूले ३९ दशमलव २ प्रतिशत हिस्सा ओगटेका थिए। उनीहरू १५ करोड १३ लाख थान सेट बेचेका थिए।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger