भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
दैलेख – दैलेख बजारबाट सुर्खेततिर जाँदै गरेको मध्य पश्चिम यातायात समितिको ना २ ख ५७५० नम्बरको बस दुर्घटना भएको छ। सदरमुकामस्थित विद्युत कार्यालय नजिक तिव्र गतिका कारण बस दुर्घटना हुँदा ७ जना घाइते भएको जिल्ला ट्राफिक कार्यालय दैलेखले जानकारी दिएको छ।
दुर्घटनामा २ जना गम्भीर घाइते भएका छन्। गम्भिर घाइते हुनेमा नाउलेकटुवाल –३ ३५ वर्षीय लवराज थापा र चालक विरेन्द्रनगर – ९ का लिलाराम चौधरी रहेको जिल्ला ट्राफिक कार्यालय दैलेखका निमित्त प्रमुख जयबहादुर बुढाथोकीले बताए। गम्भीर घाइतेलाई उपचारका लागि सुर्खेततिर लगिएको ट्राफिक कार्यालयले जनाएको छ। सामान्य घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भैरहेको जनाइएको छ। बस नियन्त्रणमा लिन नसक्दा सडकदेखि भिरतर्फ गएको र रुखमा अडिएकाले मानवीय क्षति हुन नपाएको ट्राफिक प्रहरीले जानकारी दिएका छन्।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.