Widgets

Home » » गुगल क्रोमकास्ट : टिभी स्क्रिनमा अनलाइन भिडियो

गुगल क्रोमकास्ट : टिभी स्क्रिनमा अनलाइन भिडियो

Written By sangalo on Sunday, July 28, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

गुगल क्रोमकास्ट : टिभी स्क्रिनमा अनलाइन भिडियो

गुगल र टेलिभिजनबीचको युद्धले नयाँ मोड लिएको छ। गुगल सकेसम्म टेलिभिजन प्रयोगकर्तालाई तान्ने कोसिसमा छ। त्यसो गर्न निकै गाह्रो भएपछि गुगलले चलाखीपूर्ण तरिकाबाट आफूलाई टिभी प्रयोगकर्ता माझ लगेको छ। यो साता गुगलले क्रोमकास्ट नामक एक उपकरण बजारमा ल्यायो। उपकरणको बजार मूल्य ३२ डलर (तीन हजार रुपैयाँ) पर्छ। पेन ड्राइभजस्तै उक्त उपकरणलाई टिभीमा जोडेपश्चात दर्शकले अनलाइन भिडियो, गीत तथा ल्यापटप, ट्याब्लेट वा फोनमा भएका फोटा टिभी स्क्रिनमै हेर्न र सुन्न सक्छन्। यस्तै स्मार्टफोनलाई रिमोट कन्ट्रोलको रूपमा पनि प्रयोग सकिन्छ। गुगलको क्रोम तथा एन्रोइडका वरिष्ठ उपाध्यक्ष सुन्दर पिचाइले भने, 'हामीले मोबाइल र टिभीबीचको दुरीलाई कम गर्न खोजेका हौं।' उनका अनुसार युट्युब र नेटफिक्सका धेरै भिडियो मान्छेहरू ठूलो पर्दामा हेर्न खोज्छन्। क्रोमकास्टले त्यो सम्भव बनाएको छ। यो उपकरणको अर्को विशेषता यो कुनै पनि अपरेटिङ सिस्टमको ल्यापटप, फोन वा ट्याब्लेटबाट चलाउन सकिन्छ, चाहे त्यो एप्पल नै किन नहोस् । जसले गर्दा एप्पलको मात्र उपकरण प्रयोग गर्नेका लागि पनि यो सहज हुन सक्छ। गुगलका अनुसार प्रयोगकर्तालाई यसले कुनै विशेष अपरेटिङ सिस्टम प्रयोग गर्नुपर्ने झन्झटबाट पनि मुक्ति मिल्नेछ। प्रायः गुगललगायत अन्य प्रविधिक कम्पनी एप्पल, अम्याजन डटकमले आफूले विकसित गरेका उपकरण आफ्नै अपरेटिङ सिस्टमबाट मात्र प्रयोग गर्न मिल्ने बनाउँछन्। तर, क्रोमकास्ट भने त्यस नीतिको ठिकविपरीत छ। गुगलले मोबाइल फोनका एप्स निर्माणकर्तालाई टिभीमा प्रयोग गर्ने मिल्ने एप्स निर्माणका लागि आह्वान गरेको छ। यति हुँदाहुँदै पनि एप्पल आई टियुन्स, एमेजोन डटकम तथा हुलु यसमा समाहित गरिएको छैन। वरिष्ठ उपाध्यक्ष पिचाइका अनुसार क्रोमकास्टमा के हेर्न मिल्ने र के हेर्न नमिल्ने भन्ने टिभी ब्रोडकास्टरमा भर पर्छ। उनले भने, 'धेरै ब्रोडकास्टरहरूले आफ्नो प्रसारण गुगल टिभीमा हेर्न नमिल्ने बनाएका थिए। यसमा पनि त्यसै गरे भने हामी लाचार हुन्छौं ।' गुगलले धेरै अघिदेखि नै टिभीमा पनि हात हाल्न खोजेको छ। तर, सफलता भने खासै प्राप्त गर्न सकेको छैन। क्रोमकास्ट त्यसका लागि उपयुक्त माध्यम हुने उनीहरूको सोच छ। उनीहरू यसलाई केवल च्यानलको विकल्पमा विकास गर्ने सोचमा छन्। जसका लागि टेलिभिजन च्यानलहरूको सहयोगले पनि महत्वपूर्ण भूमिका खेल्छ। क्रोमकास्ट टिभीको एचडिएमआई पोर्टमा जोड्न सकिन्छ। यो चलाउनका लागि वाईफाई हुनु आवश्यक छ। सबैभन्दा आकर्षक पक्ष भनेको यसको मूल्य पनि हो। हाल बजारमा उक्त मूल्य अन्य कुनै पनि स्ट्रिमिङ उपकरण उपलब्ध छैन। ल्यापटप, फोन वा ट्याब्लेट नै यसको रिमोटका रूपमा प्रयोग गर्न सकिन्छ।
Click to enlarge image chormetv.jpg

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger