Widgets

Home » » तीन लाख तलब दिँदा पनि गएनन् चिकित्सक

तीन लाख तलब दिँदा पनि गएनन् चिकित्सक

Written By sangalo on Sunday, July 21, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
७ साउन, काठमाण्डौं । तीन लाखसम्म तलब प्रस्ताव गर्दा पनि चिकित्सक नपाएपछि सरकारले सञ्चालन गरिरहेको सघन आकस्मिक प्रसूति केन्द्र (सिइओसी) कार्यक्रम प्रभावित भएको छ । दुईदेखि तीन लाख रुपैयाँसम्म तलब दिँदा पनि सरकारले स्त्रीरोग विशेषज्ञ र एमडिजीपी पाएको छैन् ।
doctorप्रसूति अवस्थामा हुने जटिलता व्यवस्थापन गरी मातृ मृत्युदर घटाउन सरकारले पाँच बर्षअघि सिइओसी कार्यक्रम सुरु गरेको थियो । कार्यक्रमलाई आवश्यक पर्ने चिकित्सक, अन्य प्राविधिक जनशक्ति र पूर्वाधार विकासका लागि सरकराले एकमुष्ट ४० लाख रुपैयाँ अनुदान दिने गरेको छ ।
कार्यक्रम र उपलब्धिको आधारमा जिल्लाले माग्ने थप रकम पनि परिवार स्वास्थ्य शाखामार्फत उपलब्ध हुने गरेको नागरिक दैनिकमा खबर छ । कार्यक्रम चलाउने तदारुकता हेरी महाशाखाले अन्य उपकरणको पनि सहयोग गर्छ । अनुदानबाट ती जिल्लाले पूर्वाधार विकास, बोलपत्र आह्वान गरी सबैभन्दा कम तलबमा काम गर्न इच्छुक स्त्री तथा प्रसुति रोग विशेषज्ञ तथा जनरल प्राक्टिसनर करार नियुक्ति गर्दछन् । अधिकांश जिल्लाले विशेषज्ञ चिकित्सकलाई दुईदेखि तीन लाख मासिक तलब दिँदै आएका छन्, जबकि सरकारी सेवामा कार्यरत अन्य विशेषज्ञको तलब २७ हजार हाराहारी छ । नेपालमा तीनसय हाराहारीमा प्रसूति रोग विशेषज्ञ छन् ।
सरकारले कार्यक्रमका लागि पोहोर छानेका २८ जिल्ला मध्ये अधिकांशले रकम पाए पनि पुरै बर्ष सेवा दिनभन्दा चिकित्सक खोज्नमा बिताएका थिए । सर्लाहीमो पोहोर चिकित्सक नै नपाएर सेवा प्रभावित भएको थियो । रुकुमले तीन र संखुवासभाले दुईमहिनाअघि मात्रै चिकित्सक भेटेका थिए ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger