Widgets

Home » » ८० रुपैयाँ विद्युत महसुल तिर्न १६ सय खर्च

८० रुपैयाँ विद्युत महसुल तिर्न १६ सय खर्च

Written By sangalo on Sunday, July 21, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
७ साउन, भोजपुर । विद्युत् प्राधिकरणले उपभोक्ताको पहुँचमा विद्युत महसुल काउन्टर नराख्दा भोजपुरको ग्रामिण भेगका बासिन्दा न्यूनतम महसुल बुझाउन सदरमुकाम धाउन बाध्य छन् । उनीहरुले सर्वसाधारणलाई दुई चार घन्टा हिँडेर पुग्ने ठाउँसम्म काउन्टर राख्न माग गरेका छन् । जिल्लाको उत्तरी भेगका दिङ्ला, झ्याउपोखरी, साङपाङ, बोया, हेलौंछा, पूर्वी क्षेत्रका चम्पे, प्याउली, चरम्बी, याकु, तिवारीभञ्ज्याङ, श्यामसिला लगायत विभिन्न गाविसका बासिन्दाले आ आफ्नो क्षेत्रमा महसुल काउन्टर राख्न प्राधिकरणसँग माग गरेका हुन् । सदरमुकाम भन्दा टाढाका बासिन्दाले भोजपुर सदरमुकाममा रहेको विद्युत प्राधिकरणको कार्यालयमा महसुल बुझाउन आउँदा कम्तीमा १ हजार ६ सय रुपैयाँभन्दा बढी खर्च हुने गरेको गुनासो गरेका छन् । गाउँमा प्रायः न्यूनतम युनिट ८० रुपैयाँमात्र महसुलको बील आउने गरेको छ । त्यही मासिक महसुल तिर्नका लागि सदरमुकाम आउँदा जाँदा गाडी भाडा १ हजार र खान बस्नका लागि दैीनक ३ सय गरी एक हजार ६ सय रुपैयाँ खर्च हुने गरेको विद्युत् उपभोक्ता चम्पेका नारायण आचार्यले बताए । विद्युत उपभोक्ताले स्थलगत रुपमा दक्ष प्राविधिक जनशक्तिसहित कार्यालय भए आफ्नो समस्या सुनुवाई हुने आशा गरेको कान्तिपुर दैनिकमा खबर छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger