Widgets

Home » » कतारमा २१ नेपाली कम्पनीबाट निकालिए, खानाको पैसा माग्दा उल्टै कुटिए

कतारमा २१ नेपाली कम्पनीबाट निकालिए, खानाको पैसा माग्दा उल्टै कुटिए

Written By sangalo on Sunday, July 21, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
७ साउन, दोहा ।वैदेशिक रोजगारका क्रममा कतारमा रहेका २१ नेपाली कामदारलाई कम्पनीले तलब र खानाका लागि रकमसमेत नदिएपछि शरण माग्दै आइतबार नेपाली दूतावासमा आइपुगेका छन् । कतारको गल्फ रियल स्टेट कम्पनीमा कार्यरत उनीहरूले आफूहरूलाई कपिलले पिट्ने, धम्काउने गरेको र हप्तौंदेखि खाना नपाएको बताएका छन् । ‘हामीलाई क्याम्प बोसले बस्नसमेत दिएनन्,’ दूतावास आइपुगेका गोरखाका रणबहादुर आलेले भने, ‘एक हप्ताअघिबाट निस्की भनिरहेका थिए । तनाब थेग्न नसक्ने भएपछि सबै सामान बोकेर आएका हौं । अब हाम्रो एकमात्र भरोसा दूतावास हो ।’ पीडितहरूले खाना नपाएर भोकभोकै बस्नुनपर्ने बताए । ‘दुई दिनदेखि पानी मात्रै पिएको छु,’ रोल्पाका तिलक बुढा मगरले भने, ‘कपिलको अनुरोधमा हाम्रो खाता बन्द गरिएको छ । साथमा पैसा छैन ।’ उनीहरूले जनवरीयता तलबसमेत पाएका छैनन् । ‘मैले ९ महिनायता तलब पाएको छैन,’ १६ महिनाअघि कतार आएका धरानका रमेश विकले भने, ‘तलब नपाएकाले आउन लागेको ऋणसमेत तिर्न सकेको छैन ।’ अधिकांशले कतार बस्न अनुमति (आईडी) नपाएकाले गैरकानुनी हैसियतमा छन् । आईडी कार्ड नहुँदा अगस्टमा दुई जना साथीलाई प्रहरीले पक्राउ गरेको उनले बताएको कान्तिपुर दैनिकमा खबर छ । ‘मेरो गाउँले महेन्द्रकुमार लिम्बु र दाबा शेर्पा दुई महिनादेखि नै जेलमा छन्’, ताप्लेजुङका श्रीमान् सान्वा लिम्बुले भने, ‘आईडी नहुनु हाम्रो के दोष थियो र ?’ सबै कामदारले आफूहरूलाई यथासक्य छिटो घर पठाइदिन अपिल गरेका छन् । उनीहरू काठमाडौंस्थित स्काई-वे म्यानेज्मेन्ट, टाइगर ओभरसिज र सान इन्टरनेसनल लगायतबाट आएका हुन् । सप्लाईमार्फत विभिन्न कम्पनीमा निर्माण क्षेत्रमा कार्यरत उनीहरूको तलब ६ देखि ८ सय तोकिएको छ । ‘मैले ९० हजार रुपैयाँ तिरेर आएको थिएँ,’ सुकरौला, रूपन्द्रेहीका सारज उदिन सामातले भने, ‘कमाउन आएका मान्छे यता आफैं अलपत्र परियो । उता घरबाट पसलेले खाद्यान्न नदिएको खबर आउँछ, यता आफू अलपत्र परेको छु ।’ नेपाली दूतावासका श्रम सहचारी इन्द्रदेव पाण्डेले उनीहरूको समस्या समाधान गर्न प्रयास भइरहेको बताएका छन् । ‘आईडी कार्ड नभएकाले तुरुन्तै घर पठाउन गाह्रो हुनेछ,’ उनले भने, ‘महिनाभन्दा बढी लाग्ने भएकाले उनीहरूको बसोबासबारे छलफल भइरहेको छ ।’

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger