Widgets

Home » » सबैभन्दा धेरै बजेट पाएको शिक्षाले माग्यो थप पाँच अर्ब

सबैभन्दा धेरै बजेट पाएको शिक्षाले माग्यो थप पाँच अर्ब

Written By sangalo on Sunday, July 21, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
७ साउन, काठमाण्डौं । सरकारले चालू आर्थिक वर्षका लागि शिक्षामा विनियोजन गरेको रकम अपुग भएको शिक्षा मन्त्रालयले जनाएको छ । कुल बजेटको सबैभन्दा धेरै रकम शिक्षामा विनियोजन गरे पनि अपुग भएको भन्दै शिक्षाले अर्थ मन्त्रालयसँग थप पाँच अर्ब रूपैयाँ रकम माग गरेको हो । शिक्षाका लागि आवश्यक बजेट विनियोजन नहुँदा प्रारम्भिक बाल विकास केन्द्र, विद्यालय कर्मचारीलाई वृद्धि तलब उपलब्ध गराउन समस्या पर्नै शिक्षा मन्त्रालयका सहसचिव महाश्रम शर्माले बताए । शिक्षाका लागि सरकारले ८० अर्ब ९५ करोड ८० लाख ८० हजार रुपैयाँ बजेट चालू आर्थिक वर्षका लागि विनियोजन गरेको छ । यो रकम गत वर्षको बजेटको तुलनामा झन्डै १८ अर्ब बढी हो । गत वर्ष शिक्षाका लागि ६३ अर्ब ५२ करोड रुपैयाँ विनियोजन गरिएको थियो । शिक्षामा चालू आर्थिक वर्षका लागि शिक्षामा कुल बजेटको १६ प्रतिशत रकम हो । प्रारम्भिक बाल विकास केन्द्र, विद्यालय कर्मचारीलगायतका समस्या समधान गर्न करिब शिक्षाका लागि १० अर्ब आवश्यक पर्ने मन्त्रालयले जनाएको छ । शिक्षामा बजेट अपुगको विषयमा अर्थसचिव शान्तराज सुवेदीसँग छलफल भएको मन्त्रालयका प्रवक्तासमेत रहेका शर्माले बताए । अर्थ मन्त्रालयले कार्ययोजनासहित थप बजेटका लागि रकम पेस गर्न शिक्षा मन्त्रालयलाई निर्देशन दिएको राजधानी तथा नयाँ पत्रिकामा खबर छ । प्रारम्भिक बाल विकास केन्द्रमा पढाउने शिक्षिकाले २ हजार ४ सय र विद्यालयमा कार्यरत अधिकांश कर्मचारीले ६ हजार २ सय रुपैयाँ मासिक तलब खाँदै आएका छन् । चालू आर्थिक वर्षमा विनियोजित रकममा प्रारम्भिक बाल विकास केन्द्रकी शिक्षिका र विद्यालय कर्मचारीको तलब बढोत्तरी उल्लेख नभएका कारण बढाउन नसकिने मन्त्रालयले जनाएको छ । सरकारी कर्मचारीको कुल तलबमा १८ प्रतिशत वृद्धि गरिएको छ भने थप १ हजार रुपैयाँ उपलब्ध गराइनेछ । तर, वृद्धि भएको तलबअनुसार बाल विकास केन्द्रका शिक्षिका र विद्यालयमा कार्यरत कर्मचारीको तलब पुरानै कायम हुनेछ । मुलुकभर बाल विकास केन्द्रमा २९ हजार शिक्षिका छन् । त्यस्तै, देशभरका ७५ जिल्लाका १ सय ५० राम्रा विद्यालयलाई ५ लाख रुपैयाँ उपलब्ध गराइनेछ । सामुदायिक विद्यालयको शैक्षिक स्तरमा सुधार आउन नसकेको भन्दै सुधारका लागि जिल्लाका दुई एसएलसी परीक्षामा राम्रो नतिजा ल्याएका र अतिरिक्त क्रियाकलापमा अगाडि रहेका विद्यालयलाई ५ लाख रुपैयाँ उपलब्ध गराइने भएको हो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger