Widgets

Home » » क्यानडामा एक नेपालीको मृत्यु डा. देउजा एभरेष्ट इञ्जिनियरिङ एण्ड इरोजन कन्ट्रोलमा प्राविधिक निर्देशक थिए

क्यानडामा एक नेपालीको मृत्यु डा. देउजा एभरेष्ट इञ्जिनियरिङ एण्ड इरोजन कन्ट्रोलमा प्राविधिक निर्देशक थिए

Written By sangalo on Wednesday, July 17, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
टोरोन्टो , श्रावण ३ - क्यानडाको पश्चिमी ब्रिटिस कोलम्बिया प्रान्तको सहर भ्यानकुभरमा बसोबास रहेका नेपाली क्यानेडियन डा. हरि देउजाको उपचारका क्रममा सोमबार मृत्यु भएको छ । जुलाईको पहिलोसाता स्थानीय एक रेष्टुरेन्टबाट खाना खाएर बाहिर निस्कदै गर्दा पार्किङ क्षेत्रमा लडेर बेहोस भएको अवस्थामा उनलाई उपचारका लागि अस्पताल लगिएको थियो । अस्पताल पुर्‍याउँदा डक्टरहरुले उनको मष्तिस्कमा अक्सिजनको कमी रहेको बताएका थिए । भ्यानकुभरस्थित सुरे मेरोरियल हस्पिटलको कोमामा रहेका उनको उपचारका क्रममा मृत्यु भएको नेपाल कल्चरल सोसाइटी, ब्रिटिस कोलम्बियाले जानकारी दिएको छ । उनका श्रीमती र एक छोरी छन् । पेसाले इञ्जिनयर डा. देउजा एभरेष्ट इञ्जिनियरिङ एण्ड इरोजन कन्ट्रोलमा प्राविधिक निर्देशकका रुपमा कार्यरत रहेको उनको लिंकड्इन अकान्टमा उल्लेख छ । उनले खारकोभ स्टेट अटोमोवाइल एण्ड हाइवे टेक्निकल युनिभर्सिटी, युक्रेनबाट सिभिल इञ्जिनियरिङमा पिएचडी गरेका थिए । उनका श्रीमती र एउटी छोरी छन् । उनी एनआरएन क्यानडाको आजिवन सदस्यका साथै अन्य बिभिन्न संस्थाहरुमा पनि सक्रिय थिए। उनी hari-deuja.blogspot.ca मा विभिन्न विषयहरुमा ब्लग पनि लेख्ने गरेका थिए। डा.देउजाको मृत्युले नेपाली समुदायले एक सक्रिय सदस्य गुमाउनु परेको भन्दै एनआरएन क्यानडा, एनसिसिएस, नेपाल कल्चरल सोसाइटी, बि्रटिस कोलम्वीया लगायतका संस्थाले दु:ख ब्यक्त गरेका छन् । - जयराम गौतम/क्यानडा

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger