भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
धनगढी- बलात्कारपछि हत्या प्रयास गरिएकी कैलाली श्रीपुरकी बालिकाको आर्थिक समस्याले उपचारमा समस्या भएको छ। बलात्कार गरेर ढुंगा हानी मर्यो भनेर ओढारमा फालिएकी १२ बर्षिय बालिकाको आइतवारसम्म राम्रोसँग होस खुलेको छैन। उनको अवस्था अझे खतरामुक्त छैन। बालिकालाई थप उपचारका लागी काठमाडौं लाने तयारी गरिए पनि आर्थिक अभावले समस्या परेको छ। ‘बहिनीको अवस्था चिन्ताजनक छ। थप उपचारका लागी काठमाडौं लैजादैछौं', उनले भने– 'आर्थिक अभावले उपचारमा समस्या भएको छ।' नेपालगन्ज मेडिकल कलेजमा चिकित्सकले बालिकाको उपचारमा ध्यान नदिएकाले अवस्थामा कुनै सुधार नआएको उनले बताए। चौथौ दिन आइतवार बालिकाले स्याल आयो, उ आइहाल्यो जस्ता शव्द बर्बराउने गरेको उनले बताए। ‘चिकित्सक बोलाए पनि आइदिदैनन् किन हो किन शुरुमा भर्ना गर्न पनि मानिरहेका थिएनन्। उपचारममा ध्यान नै नदिएकाले काठमाडौं लैजाने तयारी गरेका हौं', उनले भने। घरको आर्थिक अवस्था कमजोर भएकाले छोरीको उपचार गरिदिन बालिकाकी आमाले आग्रह गरेकी छन्। 'हामीसँग पैसा छैन । उपचार गराउन नसकेर मेरो छोरीलाई केहि नहोस्’ उनकी आमाले भनिन्– 'छोरीको निशुल्क उपचारका लागी पहल गरिदिनुपर्यो।' आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएकाले आइतवार बिभिन्न संघसंस्था, सरोकारवाला सहितको उपस्थितीमा जिल्ला बाल कल्याण समितिको बैठकले बालिकाको उपचारमा सहयोग गरिदिन सरकारसँग अनुरोध गर्ने निर्णय गरेको छ। प्रमुख जिल्ला अधिकारी वेद प्रकाश लेखकको अध्यक्षतामा बसेको बैठकले बालिकाको अवस्था चिन्ताजनक रहेको र पैसाको अभावमा उपचारमा समस्या भएकाले सरकारसँग निशुल्क उपचारका लागि सहयोग गर्ने निर्णय गरिएको छ। बैठकमै बिभिन्न ब्यक्ति, संघसंस्थाले बालिकाको उपचारका लागि ६६ हजार दिएको प्रमुख जिल्ला अधिकारी लेखकले बताए।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.