Widgets

Home » » पूर्व सभासद हत्या आरोपी पत्नी र छोरी कारागार चलान

पूर्व सभासद हत्या आरोपी पत्नी र छोरी कारागार चलान

Written By sangalo on Sunday, July 7, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


राजविराज - सप्तरी जिल्ला अदालतले पूर्व सभासद सदरुल मियाँ हकको हत्या आरोपमा उनकी पत्नी नुरजहाँ छोरी रुवेदा खातुन र अन्य एक जनालाई पूर्वपक्षका लागि थुनामा राखि अनुसन्धान प्रक्रिया अघि वढाउन प्रहरीलाई आदेश दिएको छ। जिल्ला अदालतका न्यायाधीश किरणप्रसाद शिवाकोटीको एकल इजलासले आइतवार यस्तो आदेश दिएको हो।अदालतको आदेश पश्चात सदरुलकी पत्नी नुरजहाँ, छोररुवेदा तथा हत्यामा संलग्न भनिएका चतरी–६ सिरहाका अब्दुल रउफलाई करागार चलान गरीएको प्रहरीले जनाएको छ। तीनै जना पूर्व सभासद सदरुल मियाँ हकको हत्याका आरोपी हुन्। मुलुकी ऐनको अदालती बन्दोबस्त महलको ११८ को दुई बेमोजिम पूर्व पक्षको लागि करागार चलान गरिएको सरकारी वकिल लोकराज बरालले जानकारी गराए। अदालतको आदेशमा यी तिनै जना आरोपीहरुलाई मुद्दाको टुङ्गो नलागुन्जेल सम्म करागारमा राखी अनुसन्धान प्रक्रिया अगाडि बढाउने तथा फरारहरुका हकमा कानुन वेमोजिम कारवाही प्रक्रिया अगाडि बढाउने भनि प्रहरीलाई निर्देशन दिइएको छ।फैसला पश्चात अदालतबाट वाहिरीएका हत्याका आरोपी पूर्व सभासद सदरुल मियाँकी पत्नी नुरजहाँ तथा छोरी रुवेदाले अदालत परिसमा रहेका सञ्चारकर्मीहरुलाई गालिगलौज गर्नुका साथै क्यामेरा खोस्ने प्रयास समेत गरेका थिए। समाचार संकलनका लागि जिल्ला अदालत परिसर पुगेका गोरखापत्रका सम्वाददाता नविनकुमार गुप्ता, एभिन्यूज सम्वाददाता बैद्यनाथ यादवलाई नुरजहाँ तथा रुवेदाले गाली गलौज गरेकि हुन्।सप्तरीको कल्याणपुर–२ विसनपुर स्थित पेट्रोल पम्पमा गत जेठ ६ गते राति पूर्व सभासद सदरुल मियाँको घाँटी कटेर हत्या गरिएको थियो। हत्याको १९ दिन पश्चात प्रहरीले सनसनीपूर्ण खुलासा गर्दै उनकी पत्नी नुरजहाँ, छोरी रुवेदा तथा अब्दुल राउफलाई सदरुलको हत्या गरेको बताएको थियो। हत्यामा संलग्न अन्य दुई अभियुक्तहरु भने अझै पक्राउ पर्न सकेका छैनन्।
सिरहाको लहान नगरपालिका–५ का मोहम्मद जमिरुल शेख तथा एनुल शेख हाल सम्म पनि फरार रहेको प्रहरीले बतायो। प्रेमीसँग विहे गर्न बुवाले अवरोध गरेको कारण छोरी रुबेदाले आमा तथा प्रेमीसँग मिलेर सदरुलको हत्या गराएको प्रहरी अनुसन्धानबाट खुलेको थियो। माइली छोरी रुबेदा तथा लहान नगरपालिका–५ वस्ने पेशाले झारफुक गर्ने मौलबी मोहम्मद जमिरुल शेखबीचको प्रेम प्रसंगका कारण सदरुल मियाँ हकको हत्या भएको अनुसन्धानबाट खुलेको थियो।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger