भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
२४ असार, काठमाण्डौं । नेपाली सेनाका लागि चीनबाट भित्र्याईको सामान आयात वितरणभन्दा निकै कम परिमाणमा भेटिएको छ । राजस्व अनुसन्धान विभागले नियन्त्रणमा लिएका स्लिपिङ व्याग कम परिमाणमा भेटिएको हो । विभागले शंकास्पद अवस्थामा २२ वटा कन्टेनर अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि यससम्बन्धी फाइल भन्सार विभागबाट झिकाएर अनुसन्धान गरिरहेको छ ।
१५ हजारको जुत्ता ९६ रुपैयाँ
तातोपानी भन्सार कार्यालयले नेपाली खुद्रा बजारमा करिब १५ हजार पर्ने ट्रेकिङ जुक्तालाई प्रतिजोर १.०५ अमेरिकी डलर (९६ रुपैयाँ) र बजारमा झन्डै दुई हजार पर्ने जुत्तालाई प्रतिजोर ०.६५ अमेरिकी डलर (६२ रुपैयाँ) को विजक बनाएको पाइएको छ । कर छल्लने उद्देश्यले कम मूल्यको प्रज्ञापनपत्र तयार गरिएको अन्नपूर्ण पोष्टमा खबर छ ।
विभागले नियन्त्रणमा लिएका २२ मध्ये अधिकांश कन्टेनरमा कम मूल्यको प्रज्ञापनपत्र भएका सामान भेटिएको स्रोतले बतायो । काठमाण्डौं दर्लामी ट्रेड सेन्टरले बालबालिकाका लागि भनेर आयात गरेको आठसय जोर जुत्तामा तातोपानी भन्सार कार्यालयको प्रज्ञापनपत्र दर्ता नम्बर ११२३७ अनुसार प्रतिजोर १.०५ डलरले भन्सार शुल्क बुझाइएको छ ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.