भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
काठमाडौं, असार २४ - रत्नपार्कको फुटपाथ पसलबाट मोबाइलको एयरफोन र घडी चोरेको आरोपमा फुटपाथ व्यापारीले कुटपिट गर्दा एकजनाको ज्यान गएको छ । बाँके बैजापुरका १८ वर्षीय राजेश चौधरीलाई खुलामञ्चको फुटपाथबाट मोबाइलको एयरफोन र घडी चोरेको भन्दै व्यापारीहरूले कुटपिट गर्दा उनको ज्यान गएको हो । उनीसूगै आएका काकाका छोरा १७ वर्षीय रमेश थारू पिटाइबाट घाइते भएका छन् ।
एक साताअघि काठमाडौं घुम्न आएका उनीहरू गत असार २० गते रत्नपार्कमा मोबाइलको एयरफोन, हाउजिङ र घडी खरिद गर्नका लागि आएका थिए । पसलमा भाउ सोध्दै हिंडेका उनीहरूलाई व्यापारीले चोर- चोर भन्दै कुटपिट गरेका थिए । राजेश मुटुको रोगीसमेत भएको प्रहरीले जनाएको छ ।
चोर भन्दै कुट्न थालेपछि रमेश थारू भने त्यहाँबाट भागेका थिए । राजेश बेहोस भएर भुइँमा ढलेपछि पिट्नेहरूले नै उनलाई पानी छ्यापेर ब्युँत्याउने प्रयास गरेका थिए । तर त्यहीबेलै उनको मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।
उनीहरूलाई कुटपिट गर्ने ३ जनालाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम घर भई टुँडिखेलमा घडी पसल गर्ने सुकुहाङ आङदम्बे, बेल्ट, पर्सको व्यापार गर्ने सुनसरी धरानका २२ वर्षीय सविन श्रेष्ठ, मोबाइलको पार्टपुर्जाको व्यापार गर्ने उदयपुरका रमेश थापामगर छन् ।
कुटपिट गरेको २० मिनेटमा नै चौधरीको निधन भएको अपराध महाशाखाका डीएसपी उमाप्रसाद चतुर्वेदीले बताए । उनका अनुसार चौधरी बेहोस भएपछि अन्य व्यापारीले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले तत्कालै घटनास्थल पुगेर कुटपिटमा संलग्नका बारेमा जानकारी लिन खोजे पनि सकेको थिएन । 'व्यापारीहरू एक- अर्काविरुद्ध बोल्न चाहेनन्,' उनले भने, 'अर्को दिन सुराकी लगाएर अनुसन्धान गर्दै जाँदा उनीहरूको संलग्नता पुष्टि भयो ।'
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.