Widgets

Home » » अफगानिस्तानमा २० वर्ष कैद सजाय पाएका नेपालीले क्षमादान पाए आइतबार काठमाडौं आइपुग्ने

अफगानिस्तानमा २० वर्ष कैद सजाय पाएका नेपालीले क्षमादान पाए आइतबार काठमाडौं आइपुग्ने

Written By sangalo on Sunday, July 14, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
३० असार, काठमाडौं । अफगानिस्तानको अदालतले २० वर्ष कैद सजाय एक नेपालीले त्यहाँका राष्ट्रपति हमिद कारजाईबाट क्षमादान पाएका छन् । राष्ट्रपतिले क्षमादान दिएपछि तनहुँ बन्दिपुरका तिलकबहादुर थापा मगर कारागार मुक्त भएको पाकिस्तानस्थित नेपाली दूताबासले जनाएको छ । थापा कावुलबाट काठमाडौं प्रस्थान गरिसकेको पाकिस्तानका लागि नेपाली राजदूत भरतराज पौडेलद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । तिलकबहादुरको दण्ड सजाय माफीमिनाह गरिदिन आग्रह गर्दै तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अफगान राष्ट्रपतिलाई पत्र पठाउनु भएको थियो । प्रधानमन्त्रीको पत्र अफगानिस्तानको मामिला हेर्ने राजदूत पौडेलले गत मे ४ मा कारजाईसमक्ष पेश गर्नु भएको थियो । थापा १९ अपि्रल २०११ हेलमण्ड प्रान्तस्थित कार्यरत क्याम्पबाट पक्राउ परेका थिए । उनीसहित एक पाकिस्तानी र दुई अफगान नागरिकविरुद्ध पाकिस्तानी जासुसी संस्था आईएसआईलाई इमेलमार्फत सूचना चुहाएको आरोप लागेको थियो । सुरुमा हेलमण्डको प्रान्तीय अदालतले १६ वर्षको कैद सजाय सुनाएको थियो । तर, त्यहाँको सर्वोच्च अदालतले थप ४ वर्ष थपेर २० वर्ष कैद सजाय सुनाएको थियो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger