Widgets

Home » » एकैवर्षमा १६ हजार नेपाली महिला विदेशिए यो वर्ष कुन देशमा कति नेपाली महिला ?

एकैवर्षमा १६ हजार नेपाली महिला विदेशिए यो वर्ष कुन देशमा कति नेपाली महिला ?

Written By sangalo on Sunday, July 14, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
३० असार, काठमाडौं । नेपाली महिलाहरु अब चुलोचौकोमा मात्रै सीमित छैनन् भन्ने प्रमाण वैदेशिक रोजगारीमा महिलाहरुको बढ्दो उपस्थितिले स्पष्ट पारेको छ । सरकारले हालै सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार पछिल्लो एक आर्थिक वर्षमा मात्रै वैदेशिक रोजगारीमा जाने महिलाको संख्या १६ हजार ७ सय १३ पुगेको छ ।
अफगानिस्तान जस्तो सुरक्षाको दृष्टिले संवेदनशील मुलुकमा समेत यस वर्ष २ जना नेपाली महिला रोजगारीका लागि गएको सरकारी तथ्यांकमा उल्लेख छ । सबैभन्दा बढी महिलाहरु संयुक्त अरब इमिरेट्स -युएई) मा गएका छन् । तथ्यांकअनुसार यस वर्ष युएईमा ५ हजार ६ सय ८६ नेपाली महिलावैदेशिक रोजगारीका लागि गएका छन् ।
यसैगरी यो वर्ष नेपाली महिलाहरुको दोस्रो गन्तव्य मलेसिया बनेको छ । मलेसियामा यसवर्ष ४ हजार ६ सय ९७ महिला थपिएको वैदेशिक रोजगार विभागको तथ्यांकलाई आधार मान्दै आर्थिक सर्वेक्षण पुस्तिकामा उल्लेख गरिएको छ ।
यो वर्ष कुन देशमा कति नेपाली महिला ?
rojgar
पछिल्लो तथ्यांक अनुसार चालु आर्थिक वर्षमा कतारमा ५ सय ८२, साउदी अरबमा २ सय ८३, कुवेतमा ३४ सय ८ र बहराइनमा ५ सय ६५ नेपाली महिलाहरु रोजगारीका लागि पुगेका छन् । त्यसैगरी ओमनमा ६ सय ८३, दक्षिण कोरियामा १ सय ५१ र लेवनानमा १ सय ५८ महिला कार्यरत रहेको सरकारी तथ्यांकमा उल्लेख छ । त्यसैगरी यसवर्ष इजरायलमा २९ महिला मात्रै रोजगारीमा गएको रोजगार विभागको तथ्यांकले देखाएको छ । जापानमा १ सय १ र अन्य मुलुकमा ३ सय ६८ जना नेपाली महिला कामदार रहेका छन् ।
सरकारी तथ्यांकमा बैधानिक प्रक्रियाबाट गएका नेपालीहरुको मात्रै विवरण उल्लेख हुने भएकाले अन्यु मुलुक हुँदै वा अवैधानिक तरिकाले विदेशमा काम गर्न गएकाहरुको विवरण यसमा देखिँदैन । यो अवस्थामा यसवर्ष विदेश जाने नेपाली महिलाको संख्या बढ्नसक्ने देखिन्छ ।
सरकारी तथ्यांक अनुसार पछिल्लो आर्थिक वर्षमा २ लाख ७६ हजार ७ सय ८७ जना नेपाली रोजगारीका लागि विदेशिएका छन् । यी मध्ये १६ हजार महिला छन् भने बाँकी २ लाख ६० हजार ७४ जना पुरुष रहेका छन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger