Widgets

Home » » मृत भनिएका दुई बालक घर फर्किए, एकको डुबेर मृत्यु

मृत भनिएका दुई बालक घर फर्किए, एकको डुबेर मृत्यु

Written By sangalo on Sunday, July 14, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
३० असार, मोरंग । खोलाको बाढीमा पौडी खेल्दा बेपत्ता भएका तीनजना बालक र किशोरमध्ये एकजना मृत फेला परेका छन् भने दुई जना सकुसल फेला परेका छन् । बेपत्ता भएका तीन जनामध्ये दर्बेसा-१ का १६ वर्षीय प्रमोद राजवंशी मृत फेला परेका छन् । सोही ठाउँका ११ वर्षीय दीपक राजवंशी र अविनाश राजवंशीचाहिँ सकुशल फेला परेका हुन् । शुक्रबार दिउँसो रङ्गेली-१ स्थित बक्राहाघाटमा पौडी खेल्न भन्दै घरबाट हिँडेका एकै गाउँका तीन बालक घर फर्केर नआएपछि उनीहरु पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको भन्दै स्थानीयवासी र प्रहरीले शनिबार दिनभर खोजी गरेका थिए । खोजी गर्नेक्रममा प्रमोद राजवंशी शनिबार साँझ खोलामा मृत फेला परेका थिए भने दुई जनाचाहिँ आफन्तको घरमा गएकाले आइतबार बिहान सम्पर्कमा आएको इलाका प्रहरी कार्यालय रङ्गेलीका निरीक्षक माधव काफ्ले जानकारी गराउनुभयो । सम्पर्कमा आएका बालकहरुले घरबाट सँगै निस्किए पनि आफूहरु खोलामा पौडी खेल्न नगएको बयान दिएका छन् । रासस

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger