Widgets

Home » » मन्त्रिपरिषद्द्वारा बजेट पारित, भाषण पौने सात बजे सर्‍यो

मन्त्रिपरिषद्द्वारा बजेट पारित, भाषण पौने सात बजे सर्‍यो

Written By sangalo on Sunday, July 14, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
३० असार, काठमाडौं । मन्त्रिपरिषद्ले आर्थिक वर्ष २०७०/०७१ को बजेट पारित गरी प्रमाणिकरणका लागि राष्ट्रपति समक्ष पेश गर्ने निर्णय गरेको छ । हालै सम्पन्न मन्त्रिपरिषद् बैठकले विनियोजन बिधयेक, आर्थिक बिधयेक, राष्ट्र ऋण उठाउने बिधयेक र ऋण तथा जमानत बिधयेक अध्यादेश पारित गरेको हो ।  साँझ पौने सात बजे राष्ट्रिय योजना आयोग (डा. हर्क गुरुङ हल) मा अर्थामन्त्री शंकरप्रसाद कोइरालाले आगामी आर्थिक वर्षको वाषिर्क आय व्यय विवरण (बजेट) प्रस्तुत गर्नु हुनेछ ।
budget-2013
निकासी र औद्योगिक क्षेत्रलाई बढावा दिने सीमित नयाँ कार्यक्रम सहित ५ खर्व १० अर्बको बजेट आउने अर्थ मन्त्रालय स्रोतले जनाएको छ । राजनीतिक दलको चर्को दबाब र राष्ट्रपति रामवरण यादवको चासोपछि सरकारले बजेटमा अत्याबश्यकीयबाहेक नयाँ कार्यक्रम राखेको छैन ।
बजेटमा निकासीमुलक उद्योगलाई प्राथमिकता दिन भन्दै अनुदान रकम बढाइएको स्रोतले बताएको छ । ३ खर्ब ६० अर्व राजस्व उठाउने लक्ष्य लिइएको बजेटमा मंसिरमा हुने संविधानसभा निर्वाचनका लागि सुरक्षासमेत गरी करिब १८ अर्ब विनियोजन गरिएको बताइएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger