भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
काठमाडौं, असार २३ - बाबुराम भट्टराई सरकारले एमाओवादी नेताहरुको एक एनजीओलाई दिएको जग्गा फिर्ता गर्न महांकालवासीहरुले अभियान छेडेका छन् । विभिन्न दलका नेताहरुलाई भेटेका महाकांलवासीहरुले आइतबार मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीलाई भेटे । भट्टराई मन्त्रिपरिषद्ले महांकालस्थित ७७ रोपनी जग्गा एमाओवादी एनजीओ 'माक्र्सीय गुरुकुल'लाई दिएपछि उनीहरु आन्दोलित भएका छन् । स्थानीयको आन्दोलनमा एमाले नेता जीवनराम श्रेष्ठ, कांग्रेस नेता गगन थापालगायतको साथ छ । मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले पूर्ववर्ती सरकारले दिएको जग्गा फिर्ता पुनर्विचार गर्न सकिने बताएका छन् । गाविसका सर्वदलीय संयन्त्रका प्रतिनिधिसँगको भेटघाटमा अध्यक्ष रेग्मीले अघिल्लो मन्त्रिपरिषदको निर्णयलाई अध्ययन गरेर त्यसबारे तत्काल निर्णय गर्ने बताए । गत वर्ष भट्टराई सरकारले एमाओवादी सर्मित 'माक्र्सीय गुरुकुल' नामक गैर सरकारी संस्थालाई ३० वर्षका लागि उक्त जग्गा लिजमा दिने निर्णय गरेको थियो । वर्षौं पुराना सामाजिक संस्थाले सुको सहयोग नपाएकोबेला भट्टराई सरकारले दर्ता भएको वर्षदिन नबित्दै कुनै पनि काम नगरेको संस्थालाई 'पदीय दुरुपयोग'गर्दै करोडौंको जग्गा दिएका हुन् । स्थानीयले संस्थालाई जग्गा दिएको नभई जग्गा लिनका लागि एमाओवादीले एनजीओ खोलेको आरोप लगाए । महाकांल जनजागृति उच्चमाविको नाममा नामसारी गर्न तयारी अवस्थामा रहेको उक्त जग्गा पूर्व प्रधामन्त्री भट्टराईका राजनीतिक सल्लाहकार देवन्द्र पौडेल संस्थापक रहेको गैर सरकारी संस्थालाई लिजमा दिने निर्णय गरेको थियो ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.