भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
काठमाडौं, असार २३ - कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले वर्तमान सरकारको विकल्प खोजिए अझै चार वर्षसम्म यहि सरकार रहने दाबी गरेका छन् । 'यो सरकार चुनावको लागि आएको हो । त्यसैले यसको विकल्प हामी सोच्न सक्दैनौँ,' रिपोर्टर्स क्लवमा आइतबार सिटौलाले भने, 'सरकार फेर्न खोजे अझै चार वर्षसम्म यहि सरकार रहन्छ, नयाँ बन्न सक्दैन ।' उनले अब निर्वाचित बाहेकको कुनै सरकार नबन्ने समेत ठोकुवा गरे । सिटौलाले मंसिर ४ को निर्वाचन, निर्वाचनको लागि बनेको सरकार र मिश्रति निर्वाचन प्रणाली बाहेक सबै विषयमा सम्झौता गर्न सकिने भन्दै नेकपा-माओवादीले अघि सारेको गोलमेच सम्मेलनको लागि समेत तयार रहेको स्पष्ट पारे उनले गोलमेच सम्मेलन गर्ने, उच्चस्तरीय राजनीति समिति विस्तार गर्ने, मन्त्रिपरिषद विस्तार गर्ने लगायतका सबै मागहरुमा छलफल गर्न आफूहरु तयार रहेको स्पष्ट पार्दै जनतालाई अधिकार सम्पन्न गर्ने निर्वाचन नेकपा-माओवादीले विथोल्छ भन्नेमा आफू विश्वस्त नरहेको बताए ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.