भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
१६ साउन, नेपालगञ्ज । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले कांग्रेसले चुनावलाई लक्षित गरेर ‘तरुण दस्ता’ नबनाउने प्रष्ट पार्नुभएको छ ।
बुधबार नेपालगञ्जमा नेपाल विद्यार्थी संघको मध्यपश्चिम क्षेत्रस्तरीय भेला तथा प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै सभापति कोइरालाले मंसिर ४ का लागि तोकिएको निर्वाचनको तयारीमा जुट्न निर्देशन समेत दिनुभयो ।
चुनाव वहिष्कार गर्न खोज्नेहरु जनताबाटै बहिष्कृत हुने भन्दै उहाँले भन्नुभयो-’यो चुनाव कुनै पनि शक्तिले रोक्न सक्दैन । यो जसरी पनि भएरै छाड्छ । जनताको अधिकार संस्थागत गर्नको लागि हुन लागेको निर्वाचनलाई बहिष्कार गर्छु भन्नेहरु जनताबाटै बहिष्कृत भएर जानेछन् ।’
सभापति कोइरालाले मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीलाई निर्वाचनमा सहभागी हुन र जनताले खोजेको संविधान दिने कार्यमा बाधक नहुन आग्रह गरेको बताउनु भयो ।
कार्यक्रमका अधिकांशले नेवि संघको महाधिवेशनमा भइरहेको ढिलाईको आलोचना गर्दै यसपटक तोकिएकै समयमा महाधिवेशन गर्न माग गरेका थिए । प्रशिक्षक प्रशिक्षण कार्यक्रम बिहिवारसम्म चल्ने बताइएको छ ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.