Widgets

Home » » मंसिर ४ मै निर्वाचन हुनुपर्ने मोर्चाको निष्कर्ष

मंसिर ४ मै निर्वाचन हुनुपर्ने मोर्चाको निष्कर्ष

Written By sangalo on Wednesday, July 31, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

Madhesh

काठमाडौं, श्रावण १६ - संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले ४ मंसिरमै संविधानसभाको चुनाव हुनुपर्ने निष्कर्ष निकाल्दै मतदाता नामावली संकलनका लागि एक महिना समय थप गर्न माग गरेको छ । ५ महिनापछि बुधवार विजुलीबजारस्थित तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) को कार्यालयमा बसेको मोर्चाको वैठकले धेरै नागरिक छुटेकाले मतदाता संकलनको म्याद एक महिना थप गर्न माग गरेको हो । वैठकमा सहभागी सद्भावनाका सहअध्यक्ष लक्ष्मणलाल कर्णका अनुसार मोर्चाले संविधानसभाबाट मात्रै संविधान बनाउनुपर्ने भएकाले जसरी पनि मंसीर ४ मै चुनाव हुनुपर्नेमा मोर्चाले जोड दिएको छ । मोर्चाले जातिय पहिचानसहितको प्रदेश बन्नुपर्ने अडान राखेको छ । यस्तै जनसंख्याको आधारमा तराई/मधेसमा निर्वाचन क्षेत्र कायम गर्नसमेत मोर्चाले माग गरेकेा छ । वैठकमा सद्भावनाबाट कर्ण, उपाध्यक्ष नरसिंह चौधरी, नवलकिशोर साह, मनिष सुमन, तमलोपाबाट महन्थ ठाकुर, हृदयेश त्रिपाठी, फोरम लोकतान्त्रिकबाट विजय गच्छदार, उपाध्यक्ष रामेश्वर राय यादब, महासचिव जितेन्द्र देव, तमलोपा नेपालबाट महेन्द्रराय यादब, उपाध्यक्ष वृजकिशोर सिंह, महामन्त्री दानबहादुर चौधरी र फोरम गणतान्त्रिकबाट राजकिशोर यादव, बीपी यादव, अकबाल अहमद शाहलगायत सहभागी थिए ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger