भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
काठमाडौं, श्रावण १६ - एमाओवादी नेता नारायणकाजी श्रेष्ठले मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीलाई अशिष्ट भाषा प्रयोग नभएको बताएका छन् । माओवादीले सरकार र उच्चस्तरीय राजनीतिक समितिले पठाएको भाषा घुमाउरो भएको भन्दै वार्ताका लागि आनाकानी गरिरहेकाबेला श्रेष्ठको यस्तो धारणा आएको हो । उनले नेकपा-माओवादीलाई पठाएको पत्रमा कुनै शर्त र अशिष्ट भाषाको प्रयोग नगरिएको भन्दै उनले वैद्य माओवादी नआए पनि उपेन्द्र यादव र अशोक राई नेतृत्वको पार्टी भने निर्वाचनमा आउने विश्वास ब्यक्त गरे । बुधबार राजधानीमा भएको साक्षात्कारमा उनले माओवादी निर्वाचनमा आउने सम्भावना कम रहेको भए पनि आफूहरुले अन्तिम समयसम्म निर्वाचनमा ल्याउन प्रयास गर्ने बताए । आफूहरुले अन्तिम समयसम्म निर्वाचनमा ल्याउन प्रयास गर्दा गर्दै पनि नआए निर्वाचन भने नरोकिने स्पष्ट पारे । उनले भने, 'निर्वाचन कुनै पार्टीको लागि भनेर घोषणा गरिएको हुँदैनन् । त्यसैले सबै नै आउँछन भन्न सकिँदैन ।' उनले नेकपा माओवादीसँग उच्चस्तरीय राजनीतिक समिति विनासर्त बार्ता गर्न तयार रहेको भन्दै वार्ताको लागि कुनै विषय चाहिने भएकोले आफूहरुले मंसिर ४ को निर्वाचनका ेलागि भनि पत्र खेलिएको स्पष्ट पारे । 'वार्ता निरपेक्ष हुँदैन,' मंसिरको निर्वाचनका ेलागि वार्ता गर्नुपर्ने अवस्था आएको बताउँदै उनले भने, 'नभए के कोलागि वार्ता गर्ने ?' आगामी संविधानसभाबाट संविधान जारी हुनै पर्ने आवश्यकता औँल्याउँदै नेता श्रेष्ठले नभए राष्ट्रियतामाथि संकट बढ्ने, अहिलेसम्मका उपलब्धि गुम्ने, राज्य असफल हुने र मुलुक द्वन्द्वमा जाने चेतावनी दिए ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.