Widgets

Home » » सैफको खुसीका लागि चुइँगम खान छोडिन

सैफको खुसीका लागि चुइँगम खान छोडिन

Written By sangalo on Thursday, July 18, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

bollywood

करिना कपुरले बलिउडकी एक नम्बर नायिका भएका बेला एकाएक प्रेमी सैफ अली खानलाई पति बनाइन् । धेरै फ्यानलाई लाग्यो, अब यिनले पनि फिल्म क्षेत्र छोड्ने छिन् र घरजममै मस्त हुनेछिन् । तर त्यसो भएन । करिनाको करिअरका लागि नवाफ सैफ अली कट्टर देखिएनन् । तर करिअर नभए पनि करिनाले पतिका लागि केही न केही स्याक्रिफाइस गर्नैपरेको छ । बेबोले हबी सैफको खुसीका लागि चुइँगम खान छोडिछन् । लामो समयपछि करिनाले यो रहस्यबाट पर्दा उठाएकी हुन् । गत वर्ष विवाह बन्धनमा बाँधिएका सैफ-करिनाको सम्बन्ध पनि अहिलेसम्म सेफ नै छ । सैफ त यो सम्बन्ध जन्मजन्मान्तर सेफ रहने दाबी गर्छन् । त्यसका लागि दुईले एकअर्काको अस्तित्वलाई स्वीकार गर्न सिकेको उनी बताउँदै हिँड्छन् । तर जति नै धैर्यधारण गर्दा पनि उनले बेबोको चुइँगम चपाउने बानीलाई भने सहन सकेनछन् । कुरा खोलिन् बेबोले नै । चुइँगमको लत नै लगाएकी करिना कुनै बेला कारमा हुइँकिँदै गर्दा ड्राइभ गरिरहेका नवाबले भनेछन्, 'तिमीले चुइँगम चपाउन बन्द गरिनौ भने म कारबाटै हाम फालिदिन्छु ।' पतिको घुर्कीका अगाडि पत्नीको के लाग्थ्यो ? बेबोलाई पहिले त सैफले हाँसो गरेका होलान् भन्ने लागेछ । तर कुरा गर्नु साटो चुइँगमका लागि मात्रै मुख चलाउने बानी परेकी करिनालाई सैफले आफ्नो हैरानी साँच्चैको भन्ने जनाउ दिएपछि भने उनले चुइँगम फालिछन् । त्यसपछि खान त परै जाओस्, छुनसम्म छोडिछन् रे । आफ्ना लागि पहिली पत्नीसँग सम्बन्ध तोड्न नहिचकिचाउने पतिका लागि आखिर करिनाले यति त्याग पनि किन नगरून् ? नत्र चुइँगमकै कारण सैफको ज्यान सेफ भएन भने ?

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger