Widgets

Home » » अर्का पत्रकार पनि निर्देशनमा

अर्का पत्रकार पनि निर्देशनमा

Written By sangalo on Thursday, July 18, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

film

पत्रकारहरू निर्देशक बन्ने लहर यो वर्ष चलिरहेको छ । यस वर्ष पत्रकार सुव्रत आचार्यले 'अधकट्टी' निर्देशन गर्ने घोषणा गरिसकेका छन् भने अर्का डब्बु क्षेत्रीले त फिल्म 'राहदानी' को लगभग सुटिङ सकिसकेका छन् । यही मेसोमा थपिएका छन्, अर्का पत्रकार लक्ष्मण सुवेदी । आफूलाई १३ वर्षदेखि पत्रकारिता गरिरहेको बताउने सुवेदीले कलम चलाउँदै आएको फिल्म क्षेत्रमै हात हालेका छन्, निर्देशकबाट । मंगलबार घोषणा गरिएको फिल्म 'एउटा साथी' निर्माणका लागि सलोन फिल्मस्ले सुवेदीलाई साथ दिएको छ । निर्देशनमा क्षमता जाँच गर्न लागेका सुवेदीले आफू फरक र मौलिक फिल्मभन्दा पनि मनोरञ्जनात्मक फिल्म बनाउनतर्फ लाग्ने बताए । सलोन फिल्मस्का शोभित बस्नेत निर्माता रहेको उक्त फिल्ममा उनले आफ्नै छोरा सलोनलाई मुख्य भूमिकामा उतार्न लागेका हुन् । सलोनले 'होस्टल' फिल्मकी आफ्नी जोडी रिस्ता बस्नेतलाई 'एउटा साथी' मा पनि पाएका छन् । सुशील पगँनीको स्त्रिmप्ट रहेको फिल्म भदौ दोस्रो सातादेखि काठमाडौ, पोखरा र जोमसोम क्षेत्रमा खिचिनेछ । टंक बुढाथोकीको संगीत र शंकर अधिकारी 'घायल' को गीत रहने फिल्ममा शिशिर भण्डारी, जोन तामाङको पनि अभिनय रहनेछ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger