Widgets

Home » » कट्रिना एकाएक गायब

कट्रिना एकाएक गायब

Written By sangalo on Thursday, July 18, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

katrina kaif

हरेक वर्ष बलिउड नायिका कट्रिना कैफको लागि सलमान खानले पार्टी दिँदै आएका थिए । यसपटक भने कट्रिनाले रणवीर कपुरसँग जन्मदिन मनाइन् । सलमानसँग भने यति दूरी बढ्यो कि, कट्रिनालाई उनले बवर्थ डे विससमेत गरेनन् । मंगलबार २९ औं वर्ष टेकेकी कट्रिना सोमबार साँझदेखि नै रणवीरसँग थिइन् । स्रोतका अनुसार रणवीरले साँझ नौ बजे कट्रिनालाई बान्द्राबाट कारमा लिएर गएका थिए । यसपछि उनीहरू साउथ मुम्बईको एउटा होटलमा देखिए, जहाँ कट्रिनाका केही मिल्ने साथीहरू पनि थिए । बिहानीपख मात्रै रणवीरले कट्रिनालाई घरमा छाडिदिएका थिए । कट्रिनाका प्रवक्ताले भने 'कुनै ठूलो पार्टीका लागि नभई केही मिल्ने साथीहरूसँग डिनरमा गएको' खुलाएका छन् । कट्रिनाकै बर्थडेको अवसर भन्दै आमिर खानले आफ्नै घरमा आयोजित पार्टीबाट भने कट्रिना एकाएक गायब भएको हल्ला चल्यो । खासमा पार्टीचाहिँ आमिर खानकी पत्नी किरण रावको फिल्म 'सिप अफ थिसियस' को विशेष प्रदर्शनको सन्दर्भमा थियो, जहाँ करण जौहर, रानी मुखर्जी, कंगना रानाउत, प्रियंका चोपडा, सिद्धार्थ मल्होत्रा लगायत दर्जनौं सेलिबि्रटी थिए । फिल्म स्त्रिmनिङ सकिनेबित्तिकै यही माहौलमा आमिरले आफ्नो घरमा कटि्रनाको बर्थडे भन्दै 'ह्याप्पी बर्थडे' भने । सबै जना पार्टीमा झुम्न लागे । सेलिबि्रटीहरू घरभित्रको पार्टीमा थिए, बाहिर टीभी क्यामेरा र सञ्चारकर्मीहरूका लागि भिन्नै माहौल खडा गरिएको थियो । सञ्चारकर्मीहरूले कटि्रनाको खोजी गर्न थाले । तर आमिरले जसको नाममा पार्टी समर्पित भनेका थिए, सोही व्यक्ति एकैछिन पार्टीमा उभिएपछि गायब भइसकेकी थिइन् । कटि्रना पार्टीबाट तत्कालै रणवीरका साथ बाहिरिएकी थिइन् । उनीहरू कता गए ? अनेक अड्कलबाजी भए । केहीले भने पार्टीमा सलमानलाई पनि निम्तो दिइएको कारण कटि्रना-रणवीर फरार भएको अनुमान लगाए ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger