Widgets

Home » » फिफाद्वारा एन्फालाई सहयोग

फिफाद्वारा एन्फालाई सहयोग

Written By sangalo on Thursday, July 18, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

fifa

काठमाडौ, श्रावण ४ - फुटबलको सर्वोच्च संस्था फिफाले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई बिहीबार ७५ हजार डलर बराबरको एडिडासद्वारा निर्मित फुटबल सामग्री प्रदान गरेको छ । दशरथ रंगशालामा बिहीबार आयोजित एक कार्यक्रममा एन्फा अध्यक्ष गणेश थापालाई फिफाका डेभलपमेन्ट अफिसर सहजी प्रभाकरणले खेलसामग्री हस्तान्तर गरेका थिए । डेढ वर्षअघि काठमाडौंमा सम्पन्न एएफसी च्यालेन्ज कपको अवसरमा भ्रमण गरेका फिफा अध्यक्ष सेप ब्लाटरले नेपाली फुटबल विकासमा सहयोग गर्ने बताएका थिए । अध्यक्ष ब्लाटरले आफ्नो वाचाअनुरूप एन्फालाई फुटबलका विभिन्न १३ सामग्री प्रदान गरेका छन् । राष्ट्रिय नेपाली फुटबल टोलीले प्रयोग गर्ने रातो र नीलो जर्सी २ सय ७५ सेट छन् । यस्तै, नीलो र रातो मोजा र बुट समान २ सय ७५ सेट रहेको एन्फा अध्यक्ष थापाले जानकारी दिए । यसैगरी झोला, सिन गार्ड, ट्रयाक सुट र विब्स समान २ सय ५० पिस छन् । फिफाले ग्लोब्स २५ पिस प्रदान गरेको छ । फिफा डेभलपमेन्ट अफिसर प्रभाकरणले मुलुकको फुटबल विकासमा फिफाको सधैं सहयोग रहने बताएका छन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger