Widgets

Home » » स्नेहलाई एयर राइफलमा स्वर्ण

स्नेहलाई एयर राइफलमा स्वर्ण

Written By sangalo on Thursday, July 18, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

shooting

काठमाडौ, श्रावण ४ - ओलम्पियन स्नेहराज्यलक्ष्मी राणाले राष्ट्रव्यापी खुला सुटिङको अन्तिम दिन बिहीबार महिला १० मिटर एयर राइफलमा स्वर्ण हासिल गरेकी छन् । रूपन्देहीलाई पहिलो स्वर्ण दिलाउने क्रममा स्नेहले अन्तर्राष्ट्रिय खेलकुद परिसर सातदोबाटोस्थित सुटिङ रेन्जमा सर्वाधिक १ सय ९५ अंक बटुलिन् । अर्की ओलम्पियन नेपाल प्रहरीकी फूलमाया क्याप्छाकी १ सय ९० अंक जोड्दै दोस्रो भइन् भने प्रहरीकै दुर्गा सिञ्जाली १ सय ७० अंकसाथ तेस्रोमा रहिन् । कुल २ सय पूणर्ाङ्कमा प्रतिस्पर्धा भएको थियो । यसअघि पुरुषको १० मिटर एयर राइफलमा नेपाली सेनाका दीपक थापा तथा १० मिटर एयर पेस्तोलको पुरुषमा सेनाका कुवेर केसी र महिलामा प्रहरीकी सीमा तुलाधरले स्वर्ण जितेका थिए । प्रतियोगितामा विभागीय टोली नेपाली सेनाले २ स्वर्ण, १ रजत र २ कांस्यसहित शीर्ष स्थान हासिल गर्‍यो । सन् २०१३ को जनवरीमा नयाँ नियम लागू भएपछि पहिलोपल्ट आयोजित प्रतियोगिताको दोस्रो स्थान ओगट्न सफल पुलिसले एक स्वर्ण, एक रजत र समान कांस्य हासिल गर्‍यो । रूपन्देही १ स्वर्णसाथ तेस्रो स्थानमा रह्यो भने बाँकेले २ रजत तथा सप्तरीले १ कांस्य प्राप्त गरे ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger