Widgets

Home » » भारतमा तेजाबको बिक्रीमा नियन्त्रण आदेश

भारतमा तेजाबको बिक्रीमा नियन्त्रण आदेश

Written By sangalo on Thursday, July 18, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

acid

नयाँदिल्ली (एएफपी), श्रावण ४ - भारतको सर्वोच्च अदालतले बिहीबार अधिकारीहरूलाई तेजाबको बिक्रीलाई नियन्त्रण गर्न आदेश दिएको छ । त्यहाँ महिलाले अस्वीकार गरेका केटामित्र वा अन्यले उनीहरूमाथि तेजाबले आक्रमण गर्ने घटना बढेपछि न्यायालयबाट यो निर्देशन जारी भएको हो । सर्वोच्चका न्यायाधीशहरूको एक समूहले यस्ता प्रत्येक आक्रमणका पीडितलाई सम्बन्धित राज्य सरकारले पुनस्र्थापना गराउनुपर्ने तथा क्षतिपूर्ति दिनुपर्ने भनेको छ । एक अन्तरिम निर्णयमा अदालतले पीडितलाई तीन लाख रुपैयाँ क्षतिपूर्तिको रूपमा र उपचारको खर्च तिर्न आदेश दिएको छ । क्षतिपूर्तिको स्तरका विषयमा अन्तिम निर्णय आउन बाँकी छ । सर्वोच्चले यो फैसला तेजाब आक्रमणको सिकार दिल्लीकी लक्ष्मीको याचिकामाथि सुनाएको हो । उनले आफू यस फैसलाबाट खुसी भएको बताएकी छन् । सर्वोच्चको यो दिशा निर्देशलाई पीडित महिला र अन्यको लागि ठूलो राहत मानिएको छ । यसै महिना यसै अदालतले महिलामाथि तेजाब आक्रमण रोक्न नीति तय गर्न असफल भएकोमा केन्द्रीय सरकारको आलोचना गरेको थियो । भारतमा खिया लागेको औजार सफा गर्न तेजाब उपयोग गरिन्छ । यो सजिलै पसलमा खरिद गर्न सकिन्छ । न्यायाधीशहरूले यस्ता तेजाबका खरिदकर्ताले आफ्नो परिचयपत्र देखाउनुपर्ने निर्देशन दिएका थिए । खुद्रा व्यापारीले पनि यस्ता खरिदकर्ताको नाम तथा ठेगानाको विवरण राख्नुपर्ने हुन्छ । भारतको कानुनअनुसार तेजाब आक्रमणबाट गम्भीर रूपमा घाइते भएमा आक्रमणकारीलाई १० वर्षसम्मको काराबासको सजाय हुन सक्ने व्यवस्था छ । अति गम्भीर मुद्दामा आजीवन काराबास हुन सक्छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger