Widgets

Home » » 'वरिष्ठ नेता पनि बन्दिनँ' विस्तारित बैठक आजदेखि

'वरिष्ठ नेता पनि बन्दिनँ' विस्तारित बैठक आजदेखि

Written By sangalo on Thursday, July 18, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

baurma bhattarai

काठमाडौ, श्रावण ४ - एमाओवादी नेता बाबुराम भट्टराईले वरिष्ठ नेता हुन अस्वीकार गरेका छन् । केन्द्रीय पदाधिकारी र ब्युरो प्रमुखहरूको मंगलबारको बैठकमा वरिष्ठ नेता बस्न सकारात्मक संकेत दिएका भट्टराईले बिहीबार नस्वीकार्ने बताएका हुन् । 'पार्टीले मलाई वरिष्ठ नेता बनाउने र मैले स्वीकार्ने अनुमान सही होइन,' उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत भनेका छन्, 'हाम्रो बहस पार्टीको अग्रगामी रूपान्तरण र सुदृढीकरणमा केन्दि्रत छ, रहनेछ ।' केन्द्रीय पदाधिकारी र ब्युरोको बैठकमा बिहीबार उनले आफूलाई वरिष्ठ नेताको पदमा नराख्न आग्रह गरेको स्रोतले जनायो । 'अस्ति वरिष्ठ नेता रहन सकारात्मक देखिनुभएको थियो । आज अस्वीकार गर्नुभयो' एक नेताले कान्तिपुरसाग भने, 'उहाँले पार्टीमा अध्यक्षबाहेक अरू सबै केन्द्रीय सदस्य हुनुपर्ने धारणा राख्नुभयो ।' आफू पनि वरिष्ठ नेतामा नरहने र अरूलाई पनि पदाधिकारीमा नराख्ने प्रस्ताव भट्टराईले ल्याएको ती नेताले बताए । भट्टराई निकट नेता टोपबहादुर रायमाझीले भने पार्टीले वरिष्ठ नेता बन्न आग्रह गरेको बताए । 'उहाँलाई पार्टीले वरिष्ठ नेता बन्न आग्रह गरेको हो, उहाँले मागेको होइन' उनले भने, 'उहाँले पार्टीले भनेको कुरा मान्छु भन्दै आउनुभएको छ ।' बिहीबारको बैठकमा उनले आफूलाई वरिष्ठ नेता, उपाध्यक्ष कुनै पद नचाहिएको भन्दै बाहिरै रहेर पनि काम गर्न सकिने बताएको रायमाझीले जनाए । अध्यक्ष पुष्पकमल दाहाललगायत केन्द्रीय पदाधिकारीहरू भने विस्तारित बैठकबाट भट्टराईलाई वरिष्ठ नेताका रूपमा अनुमोदन गराउने तयारीमा छन् । उनीहरू त्यसका लागि सकभर भट्टराईलाई मनाउने कसरतमा छन् । भट्टराईले उपाध्यक्षलगायत कार्यकारी पद त्यागेकाले वरिष्ठ नेता हुँदा पदका लागि मोलमोलाई गरेको अर्थ लाग्ने भन्दै नमानेको पनि केहीको भनाइ छ । 'आफूले उपल्लो पदका लागि पद त्याग गरेको जस्तो नपरोस् भनेर बाबुरामजीले वरिष्ठ नेता अस्वीकार गर्ने भन्नुभएको होला,' एक नेताले भने । दाहालले तयार गरेको सांगठनिक प्रस्तावमा तीन विकल्प छन् । जसअनुसार भट्टराईले पद त्याग फिर्ता लिने वा अध्यक्ष र केन्द्रीय सदस्यहरू मात्र राख्ने वा भट्टराईलाई वरिष्ठ नेता बनाएर हालकै केन्द्रीय पदाधिकारी कायम राख्ने उल्लेख छ । उपाध्यक्ष नारायणकाजी श्रेष्ठ भने हेटौंडा महाधिवेशनले चयन गरेको केन्द्रीय पदाधिकारी विघटन गर्न नहुने पक्षमा छन् । विघटन गर्दा महाधिवेशनको निर्णय उल्लंघन हुने उनले बैठकमा बताउँदै आएका छन् । भट्टराईले अनुपयुक्त समयमा पद त्याग गरेको निष्कर्ष निकाल्दै विस्तारित बैठकले गरेको निर्णय मान्नुपर्ने दबाब छ । विस्तारित बैठकले कार्यकारी पदमा नरहने निर्णय फिर्ता लिई वरिष्ठ नेता बस्ने निर्णय गरे उनले मान्नुपर्ने हुन्छ । केन्द्रीय समितिभन्दा विस्तारित बैठकको निर्णय शक्तिशाली हुन्छ । बिहीबार पूर्वाञ्चल र सुदूर पश्चिमाञ्चलको संयुक्त बैठकमा भट्टराई उपाध्यक्ष पदमा नफर्के पनि वरिष्ठ नेता भएर काम गर्नुपर्ने सुझाव अधिकांश नेताहरूले दिएका थिए । उनीहरूले निर्वाचनको मुखमा पद त्यागको विवाद लम्ब्याए पार्टीलाई नोक्सान हुने भन्दै पार्टी निर्णय भट्टराईले मान्नुपर्ने बताएका थिए । 'ब्युरोहरूका बैठकमा अधिकांशले महाधिवेशन म्यान्डेटअनुसार केन्द्रीय पदाधिकारी राख्नुपर्ने सुझाव आएको छ,' प्रवक्ता अग्नि सापकोटाले भने, 'बाबुरामजीको पद त्यागबारे वरिष्ठ नेता बनाउनेलगायत अन्य विकल्पमा पनि छलफल भइरहेको छ ।' भट्टराईको पद त्यागबारे निर्णय हुन नसक्दा नेताहरूको कार्यविभाजन अन्योलमा परेको छ । विस्तारित बैठक ललितपुर बालकुमारीस्थित खन्ना गार्मेन्टमा हुँदैछ । यही गार्मेन्टमा अध्यक्ष पुष्पकमल दाहालले पार्टी प्रशिक्षणमा करिब ४ वर्षअघि बाबुराम भट्टराईलाई भारतले प्रधानमन्त्री बनाउन चाहेको बताएका थिए । विस्तारित बैठकमा सल्लाहकार, केन्द्रीय सदस्य, ब्युरो प्रमुख, राज्यसमिति इन्चार्ज, जिल्ला इन्चार्ज र भ्रातृ संगठनका अध्यक्ष गरी करिब पाँच सयको सहभागिता हुनेछ । बैठक तीन दिन चल्नेछ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger