Widgets

Home » » चलाउनै गाह्रो वीरको एमरजेन्सी

चलाउनै गाह्रो वीरको एमरजेन्सी

Written By sangalo on Sunday, July 7, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

Bir Hospital

काठमाडौं, असार २४ - आकस्मिक सेवाका लागि अस्पताल आउने बिरामीको दुई घण्टाभित्र उपचार हुनुपर्छ । मुलुककै जेठो बीर अस्पतालको इमर्जेन्सीको हालत भने आफैलाई तत्काल उपचार गराउनुपर्ने खालको छ । कम्तीमा १६ जनाले चलाउनुपर्ने आकस्मिक सेवा आठ जनामा खुम्चेको छ । अस्पतालमा दैनिक आउने करिब एक सय ४० बिरामीलाई आठ जना चिकित्सकले धान्नै नसक्ने बताउूछन् आकस्मिक विभाग प्रमुख डीपी सिंह । 'चिकित्सकको कमीले चार/पाूच घण्टासम्म पनि बिरामीले उपचार पाउन सकेको छैन,' उनले भने, 'बीरामी आउने क्रम नरोकिने र आएकालाई समयमै उपचार गरेर पठाउन नसकेकाले बीरामी सुताउने ठाउू समेत हुँदैन ।' उनका अनुसार बीरामीको चापले इमरजेन्सीमा जहिले भिडभाड र कोलाहल हुने गरेको छ । इमरजेन्सीमा थप डाक्टरको व्यवस्था गर्न पटक/पटक अस्पतालका निर्देशक बुलन्द थापा र उपकुलपति दामोदर पोख्रेललाई आग्रह गर्दा समेत बेवास्ता गरेपछि इमरजेन्सी चलाउन सक्दिन भन्दै विभाग प्रमुखबाट सिंहले राजीनामा दिएका थिए । 'महिना दिन बितिसक्यो न त राजीनामा स्वीकृत गर्छन् न त डाक्टरको व्यवस्था गर्छन्' उनले भने, 'अत्यन्तै अफ्ठेरो अवस्थामा बसेर काम गरिरहेको छु ।' उनका अनुसार सिङ्गो बीर अस्पतालमा आउने बीरामीको ५० प्रतिशत भन्दा बढी आकस्मिक कक्षमा आउने गरेका छन् । अस्पतालकै तथ्याङ अनुसार वाषिर्क ५० हजार बीरामीले आकस्मिक सेवा लिइरहेका छन् । आकस्मिक कक्षको कार्यभार चाँहि सिङ्गो बीर अस्पतालमा आउने बीरामीको ५० प्रतिशत भन्दा बढी छ तर जनशक्ती चाूहि पुरा अस्पतालमा भएमध्येबाट ५ प्रतिशत मात्रै भएपछि कसरी चलाउनु ? आकस्मिक कक्षका चिकित्सकहरुले चार सिफ्टमा वाँडेर उपचार सेवा दिइरहेका छन् । एक सिफ्टमा कम्तीमा चार जना चिकित्सक भए मात्र विरामीले राम्ररी सेवा पाउन सक्ने उनीहरु बताउूछन् । तर, हाल दुई जनाले एक सिफ्ट धानिरहेका छन् । यस्तो अवस्थामा चिकित्सकले बीरामीलाई समय दिन नसक्ने, कामको लोडले झर्किने, उपचार गर्न छोडेरन भाग्ने गर्ने गरिरहेको सिंहले जानकारी दिए । एउटा सिफ्टमा कम्तीमा चार जना हुने गरी १६ जना डाक्टर भएमात्र आकस्मिक विभाग चलाउन सकिनेछ । आठ जनाको ठाउँमा १६ जना हुदाँ कामको वाँडफाँड हुने भएकाले बीरामीले सेवा पाउने थिए । बीर अस्पतालमा भएका ९७ जना मेडिकल अफिसरको दरबन्दीको राम्रो व्यवस्था हुन नसक्दा इमरजेन्सीमा समस्या परेको हो । अस्पतालमा हाल कार्यरत ९७ मेडिकल अफिसर पोस्ट ग्य्राजुएट गरिसकेको भन्दै आकस्मिक विभागमा काम गर्न नमानेपछि इमरजेन्सीमा चिकित्सक अभाव भएको हो । इमरजेन्सीमा मेडिकल अफिसरले नै काम गर्ने हो । तर अस्पतालमा कार्यरत कर्मचारीले पद अनुसार मेडिकल अफिसरको तलब खाने भएपनि मनोमानी गर्दै इमरजेन्सीमा काम गर्न नमानेपछि यस्तो भएको सिंह बताउूछन् । 'व्यवस्थापन पक्षले दरबन्दीमा भएका चिकित्सकलाई काममा लगाउन नसकेकाले त्यसको भार इमरजेन्सीमा परेको हो,' उनले भने । बीर अस्पतालका उपकुलपति दामोदर पोख्रेलका अनुसार कर्मचारीको पद मेडिकल अफिसरको भएपनि पोस्ट ग्य्राजुएसन गरिसकेकाले इमरजेन्सीमा काम गर्न नमानेका हुन् । 'यसका लागि अस्पतालमा 'ट्युटर' पद लिन लागिरहेका छौं । 'ट्युटर' मेडिकल अफिसर भन्दा माथिल्लो पद हो । यसमा पोष्ट ग्य्राजुएसन गरेका सबैलाई माथिल्लो पदमा तान्ने र एमबीबीएस मात्र गरेका मेडिकल अफिसरलाई इमरजेन्सीमा खटाउनेछौं,' उनले भने, 'ट्युटर पद लिने प्रक्रियामा छौं जतिसक्दो चाूडो समस्याको समाधान गर्छौ ।'

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger