भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
अर्घाखॉची — एमाओवादी केन्द्रिय सदस्य तथा पूर्व मन्त्री टोपबहादुर रायमाझीले बाबुराम भट्टराईले उपाध्यक्षबाट राजीनामा गर्दै परम्परा तोडेको बताएका छन्। आइतवार सन्धिखर्कमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गदै नेता रायमाझीले राजिनामा अन्तरविरोधका कारणले नआएको स्पष्ट पारे।
निर्वाचन भाड्न खोज्ने शक्तिहरुको तागत निकै कमजोर रहेको बताउँदै बर्तमान सरकारले नै निर्वाचन गराउने बताए। पार्टी उपाध्यक्ष डाक्टर बाबुराम भट्टराई निकट मानिने नेता रायमाझीले भट्टराईको राजिनामा पार्टी भित्रको अन्तर विरोध नभई पार्टीमा योगदान गर्न पदमा बसेर मात्र गर्न सकिन्छ भन्ने परम्परालाई तोड्न भएको बताए। साउन ४ गतेको विस्तारित बैठकबाट सबै समस्या हल हुने दावी गरे।
नेपालमा ढेड सयको हाराहारीमा पार्टी रहेको भएपनि अन्तिम समयमा दुई समुह मात्र अस्तित्वमा रहने रायमाझीले दावी गदै भर्ने अग्रमनको नेतृत्व एमाओवादी गर्छ र यथास्थितीको नेतृत्व काग्रेसले गर्छ,एमाले विघटन भएर जाने उनले दावी गरे ।’
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.