Widgets

Home » » बोकेरै खाद्यान्न ढुवानी

बोकेरै खाद्यान्न ढुवानी

Written By sangalo on Sunday, July 7, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
NA
काठमाडौं , असार २४ - नेपाली सेनाले दार्चुलाको खलंगामा आएको बाढीबाट प्रभावितलाई खाद्य सामाग्रीको अभाव हुन नदिन बोकेरै खाद्यान्न ढुवानी गरेको छ । हेलिकोप्टरबाट खाद्य सामाग्री आपूर्ति गर्न प्रतिकुल मौसमको कारण अप्ठ्यारो परे पनि बोकेरै ढुवानी भइरहेको हो । सैनिक जनसम्पर्क कार्यालयका अनुसार सेनाको गुल्मबाट ७२ सैनिक जवान खटिएर दार्चुलाको दत्तु इलाकामा सन्चय गरी राखिएको १४ सय किलो खाद्य सामाग्री आइतबार आउजाउ गरी पैदल ३६ किलोमिटर टाढाबाट खलंगा बजारसम्म ढुवानी गरिएको छ । साथै नेपाली सेनाको ईक्युलेट हेलिकोप्टरबाट समेत मौसम अनुकुल भएको समयमा खाद्य सामाग्री ढुवानी भइरहेको निर्देशनालयले जनाएको छ । मौसम अनुकुल भए हेलिकप्टरबाट पनि खलंगामा खाद्य सामाग्री ढुवानी जारी रहने जनाइएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger