Widgets

Home » » लो बजेट फिल्मकै हाईहाई

लो बजेट फिल्मकै हाईहाई

Written By sangalo on Wednesday, July 3, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
film
नेपालमा गतवर्ष एक सय बढी फिल्म रिलिज हुँदा कुनै फिल्मले सफलता चाख्न पाएनन् । मुस्किलले पाँच फिल्मले मात्रै लगानी सुरक्षित गरेको तथ्यांक छ । छिमेकको फिल्मको हालत खराब भइरहँदा बलिउडमा भने चकाचक भइरहेको छ । गएको ६ महिनामा मात्रै ५९ फिल्म रिलिज हुँदा १३ फिल्मले नाफा कमाएका छन् । त्यसमा पनि धेरै बजेटका फिल्मले हावा खाइरहँदा लो बजेट फिल्मले अनपेक्षित व्यापार गरिरहेका छन् । गतवर्ष प्रायः दक्षिण भारतीय स्वादका एक्सनवाला फिल्मले कमाइ राम्रो गरे पनि सन् २०१३ मा लभस्टोरीमै दर्शक फर्किएको अनुमान गरिएको छ । आठ करोड भारुमा बनेको लभस्टोरी फिल्म 'आसिकी-२' ले बक्सअफिसमा सय करोड कटाएको थियो । अजय देवगण, सैफअलि खानजस्ता स्टारभ्यालु भएकाका फिल्म 'हिम्मतवाला' र गो गोवा गन' भने सुपरफ्लप बने । ताकि स्टार कास्ट नै नभएका 'आसिकी-२', 'काई पो चे', 'राञ्झना', 'फुकरे', 'चश्मे बद्धुर' जस्ता फिल्मले भने तारिफ मात्रै कमाएनन्, पैसा पनि बटुले । स्टारको इज्जत राख्ने फिल्ममा रणवीर कपुर-दीपिका पादुकोणको 'ए जवानी है दिवानी' र सैफ-दीपिकाको 'रेस-२' रहे । बलिउडमा वर्षमा १५ फिल्म हिट हुनुलाई सफलता मानिन्छ । जबकि सन् २०१३ मा ६ महिनामै १३ फिल्म हिट बनिसकेका छन् । जबकि बाँकी आधा वर्षमा शाहरुख खान, अक्षयकुमार, अजय देवगण, ऋतिक रोशन, रणवीर कपुर र आमिर खानजस्ता हस्तीका फिल्महरु अझैं रिलिजको पंक्तिमा छन् । ५९ फिल्मले ६ महिनामा झन्डै १० अर्बको व्यापार गरेका थिए । यस अवधिमा ३० करोडको 'काई पो चे' ले ५० करोड बढी, ४२ करोड बजेटको 'स्पेसल २६' ले ८० करोड, १२ करोड बजेटमा बनेको 'एबीसीडी' ले ४४ करोड कमाएका थिए । अझ ३५ करोडको लो बजेटमै बनेको 'रांझना' ले १० दिनमा एक सय ३६ करोड कमाइसकेको छ भने ५ करोडमै तयार पारिएको 'फुकरे' ले ३० करोड कमाएर निर्माताको गोजी गहु्रंगो पारेका थिए । यी सबै फिल्म स्टार कास्ट नभएको र प्रायः लभस्टोरी भएकाले कम बजेट मै निर्माण सम्भव भएका हुन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger