Widgets

Home » » आमाहरुले धानेको पर्यटकीय गाउँ

आमाहरुले धानेको पर्यटकीय गाउँ

Written By sangalo on Wednesday, July 3, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

सवेरैदेखि राति अवेरसम्म गाउँका महिलाहरुमा एउटै चासो र चिन्ता हुन्छ, पाहुनाहरुलाई कसरी रिझाउने । पाहुनाको खुसीको लागि दिनरात खटिने भएकोले नै यो गाउ देशकै पहिलो नमुना पर्यटकिय गाउँ कहलिएको हो ।
पाहुनाको स्वागत,खाना,वस्नको सवै जिम्मा आमा समुहले लिने गर्दछन् । वौद्ध आमा समुहकीकी अध्यक्ष मैना गुरुङ भन्छिन् ‘पाहुनाको स्वागत र विदाईसम्मको कामले गाउँका  कुनै महिलालाई फुसर्द छैन् । घरको सरसफाई र उनीहरुको खानपिनको सवै जिम्मा आमा समुहकै छ ।’
पछिल्ला वर्षमा आन्र्तरिक पर्यटक वढ्न थालेपछि यहा दिनहु पर्यटक आउने गर्दछन् । अहिले यहाका करिव २२ घरमा होमस्टे सञ्चालन भएको छ । १६ वर्षदेखि सञ्चालन गरिएको होमस्टेमा अहिले विदेशी भन्दा स्वदेशीको आर्कषण वढ्न थालेको हो । वढ्दो वसाईसराईले घर खाली हुन थालेपछि पर्यटकका लागि आमासमुहले महिलालाई गाउमा नै वस्न अभिप्रेरित गर्दै आएको छ । ‘घरमा सवै पोखरा र वेलायत छन्’ स्थानिय महिला विना गुरुङले भनिन् ‘गाउमा आउने पाहुनालाई अफ्ठ्यारो पर्छ भनेर घरमा एक्लै भएपनि वसेकी छु ।’  ‘अहिले त गाउमा महिलाहरु थोरै भएकोले पनि धेरै जिम्मेवारी वढेको छ’ उनले भनिन् । गाउको सरसफाईको जिम्मा पनि आमा समुहले नै लिएका छन् । हरेक हप्ता आमा समुह गाउ सरसरफाई अभियानमा जुट्छन् । स्थानिय युवा क्लवसंग मिलेर सास्कृतिक कार्यक्रम पनि आमा समुहले प्रर्दशन गर्दै आएको छ । ‘आमा समुहको मेहनत कै कारण आज हामी यहासम्म आईपुगेका छौ’ पर्यटक विकास व्यवस्थापन समिती सिरुवारीका अध्यक्ष ववरसिहं गुरुङले भने ‘आमा समुहले पाहुनालाई गरेको गरेको माया सत्कारले नै पर्यटक पटक पटक सिरुवारी आउने गर्दछन् ।’
होमस्टे सिक्नको लागि धेरै आन्तरिक पर्यटक आउन थालेपछि आमा समुहको सक्रियता अझ वढेको हो । होमस्टे सिक्न आउनेको लागि सरसफाई,घर व्यवस्थापन,खाना ,स्वागत सत्कार लगायतका कुरा आमा समुहले सिकाउने गर्दछन् । पछिल्लो दुई वर्ष यता मात्र पचास जिल्लावाट होमस्टे सिक्नको लागि मात्र सिरुवारीमा पर्यटक आईसकेका छन् । गाउमा भएको सरसफाई र यहा पर्यटकलाई गरेको सम्मान नै यहाको प्रमुख आर्कषण हो । ०५४ सालवाट यहा होमस्टे सुरु भएको हो । त्यतीवेला मलेसियाको क्वालाम्पुरमा नेपालकै नमुना गाउको रुपमा घोषणा भएदेखि यहा पर्यटन आवतजावत वढ्न थालेको हो । ‘होमस्टे सञ्चालन गरेर पर्यटकलाई राख्न पाउदा खुशी लागेको छ’ स्थानिय मतीकुमारी गुरुङले भनिन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger