Widgets

Home » » कन्याम र भेंडेटार

कन्याम र भेंडेटार

Written By sangalo on Wednesday, July 3, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
vhedetar
भुइँ कुहिरोले छपक्कै छोपेका बेला होस् वा मौसम खुलेको बेला, पूर्वको पर्यटकीयस्थल कन्याम पुग्नेहरू प्रकृतिको मनोहर वातावरणसँगै हराउ छन् । र नागबेली मेचीमार्गबीच हराभरा चियाबारीले भरिएको कन्याम पूर्वकै प्रख्यात गन्तव्य हो । तराईबाट गर्मी छल्न पुग्नेदेखि वनभोजमा रमाउने र पहाडी जीवनशैली तथा प्राकृतिक सौन्दर्यमा रमाउन कन्याम पुग्नेहरूको लर्कोनै लाग्छ । चललचित्र नायक जीवन लुइँटेल सुटिङका क्रममा कन्याम पुगिरहन्छन् । हालै नोटबुक फिल्मकाका लागि कन्याम पुगेका उनले यस क्षेत्रमा सुटिङ गर्नुको मजै बेग्लै हुने सुनाए । 'लोपोन्मुख लेप्चा जाति र हरिया डाँडाकाँडा खिचेर पर्यटन प्रवर्द्धन गर्ने सोचले कन्याम रोजाइ भएको हो,' निर्माता योगेश घिमिरेको भनाइ छ । पूर्वी तराईका जिल्लासँगै नेपालका विभिन्न भूभाग अनि भारत र पश्चिमा मुलुकबाट पनि कन्यामको रमाइलोमा रमाउनेहरू आइपुग्छन् । २०२८ सालमा चिया खेती सुरु भएपछि कन्यामका डाँडाकाँडाले पर्यटक लोभ्याउन थालेको हो । यो क्षेत्र आसपास अल्पसंख्यक लेप्चा जातिको ऐतिहासिक स्थल, विभिन्न जातिको परम्परागत रहनसहन, कृषिबाट सुधारिएको जीवनशैली पर्यटकका लागि नयाँ लाग्छन् । सूर्योदय र सूर्यास्त दृश्यावलोकन पनि कन्यामबाट गर्न सकिन्छ । झापा नजिक भएको र यातायातको सहजताका कारण पनि कन्याममा दैनिक आन्तरिक र बाह्य पर्यटक भेटिन्छन् । यहाँको रमणीय दृश्यमा चलचित्र र गीतको सुटिङ गर्न पनि निर्माता-निर्देशक लोभिने गरेका छन् । वनभोजको सिजनमा दैनिक पाँच हजारसम्म पर्यटक आउने गरेको स्थानीय बताउँछन् । कन्यामलाई पूर्वकै प्रमुख गन्तव्य बनाउन स्थानीय बासिन्दा सक्रिय छन् । 'पूर्वाधार विकाससँगै प्रचारप्रसार र स्थानीयलाई पर्यटनमैत्री बनाउन पटकपटक महोत्सव सञ्चालन गर्नुका साथै विभिन्न कार्यक्रम सञ्चालन गर्ने गरेका छौं,' गाविस सचिव नेत्र पोखरेल भन्छन् । सम्भावना बोकेको कन्याम क्षेत्रमा पर्यटकको संख्या उच्च भए पनि खानेपानी, डम्पिङ साइट र व्यवस्थित होटल, लजलगायतको अभाव छ । झापाको चारआलीदेखि ३३ किलोमिटर उत्तरमा रहेको कन्याम पुग्ने पर्यटक नजिकैको फिक्कल, पशुपतिनगर, करफोकलगायत स्थानसम्म पनि पुग्ने गरेका छन् । कन्याम र आसपास क्षेत्रमा घुम्न जानेहरूको चहलपहलका बेला फिक्कल र पशुपतिनगर बजारका होटल-लज भरिभराउ हुने गरेका छन् । फिक्कलको दोभान होटलका सञ्चालक राजन प्रधानका अनुसार स्थानीय पर्यटनस्थलमा आउने र भारतको दार्जिलिङ जाने पर्यटक पशुपतिनगर र फिक्कलमा बास बस्ने गर्छन् । यस क्षेत्रमा भारतबाट बंगाली पर्यटक पनि उल्लेख्य आउने गरेको पशुपतिनगर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद राईको भनाइ छ । आगन्तुक तान्ने पूर्वको अर्को आकर्षक स्थल हो- भेंडेटार । छिनमा छ्याङ्गै खुल्ने अनि छिनमै हुस्सुले छोपिने मौसम भएको यहाँ पुग्न मरिहत्ते गर्नेहरू पनि कम छैनन् । उखरमाउलो गर्मी छल्न, झापा, मोरङ, सुनसरीदेखि सप्तरी मात्र होइन भारतका विभिन्न क्षेत्रबाट पनि उल्लेख्य संख्यामा पर्यटक आइपुग्ने गरेको धनकुटाका सञ्चारकर्मी विनोद घिमिरे बताउँछन् । भेंडेटारबाट मकालु, मनास्लु, ल्होत्से र कुम्भकर्ण लगायत हिमालको शृंखला देख्न सकिन्छ । यसैगरी सेती र सर्दु खोलालाई दायाँबायाँ पारेर फैलिएको धरान बजार अनि तराईका फाँटको यहाँबाट अवलोकन गर्न सकिन्छ । यहाँ बनाइएको चाल्स टावरबाट पहाड र तराई दुवैतर्फको दृश्य अवलोकन गर्न सकिन्छ । सूर्योदय र सूर्यास्त पनि यहाँबाट मनोरम देखिन्छ । समुद्र सतहदेखि १ हजार ४ सय ३० मिटर उचाइमा रहेको भेंडेटार कोसी राजमार्गमै पर्छ । धरानबाट १६ किलोमिटर नागबेली सडक पार गर्दै यहाँ पुगिन्छ । अनौठो हावापानी भएको थाहा पाएर तीन दशकअघि बेलायतका राजकुमार चाल्र्स यहाँ आइपुगेका थिए । विदेशी पहिलो पटक आएको ठानेर भेंडेटारमा रहेको अग्लो थुम्कोको नामै चाल्र्स प्वाइन्ट राखिएको छ । त्यही स्थानमा टावर बनाइएको छ । मौसम मजाले खुलेका बेला यो टावरबाट पूर्वका सोह्रै जिल्ला देख्न सकिने विश्वास गरिन्छ । सबै महिना पर्यटकको चहलपहल रहने भेंडेटारमा खासगरी गर्मीका बेला अनि शनिबार र पिकनिकको सिजनमा अझ बढी भीड लाग्ने गरेको छ । 'बेला बेला फ्रेस हुन भेंडेटार जाने बानी नै परिसकेको छ,' पूर्वाञ्चल उद्योग वाणिज्य संघका उपाध्यक्ष राजेन्द्र राउत भन्छन्, 'कहिले साथीभाइसित रमाइलो गर्न अनि कहिले पारिवारसहित घुम्न जाने गरेको छु ।' भेंडेटारमा पुग्नेमध्ये अधिकांश युगल जोडी हुने गरेका छन् । यही कारण 'लभर स्टेसन' भनेर पनि अचेल पुकारिन थालेको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger