Widgets

Home » » गन्तव्य मनाङ (फोटो फिचर)

गन्तव्य मनाङ (फोटो फिचर)

Written By sangalo on Wednesday, July 3, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
manang
हिमालपारिको जिल्ला मनाङ घुम्ने हो भने अहिलेको मौसम नै यहाँ जानेहरुका लागि उपयुक्त हो । गर्मीको यो मौसममा शितलतासँगै मनोरम दृश्यहरु अवलोकन गदै चक्कर काट्नेहरु  यो बेला निकै भेटिन्छन् । लमजुङ सदरमुकाम चामेबाट सवारी चढेर जाने कि पदयात्रा यसको निक्यौल आफैंले गर्नुपर्छ । सवारीमा जानेलाई सवारीको व्यवस्था पनि गत कात्तिकदेखि सुरु भएको हो । बेसीसहरबाट सदरमुकाम चामेसम्म मात्रै सिधा यातायातको व्यवस्था भए पनि माथिल्लो मनाङ पुग्न भने पैदलयात्रा गर्नुपर्छ ।
बेसीसहरबाट यात्रा थालेपछि चट्टानी पहाड हरियाली दृश्य अवलोकन गदै सदरकुकाम पुग्न सकिन्छ ।  चारैतिर अग्ला पहाडले घेरेर खोचमा रहेको चामे बजारले पनि छुट्टै विशेषता  बोकेको छ । पदयात्रामा निस्कनेहरु एक दिन चामे बजारमा बाँस नबसी धरै पाउँदैनन् ।  यहाँ पर्यटकीय स्तरका सुविधा सम्पन्न होटलहरु छन् ।
राउन्ड अन्नपुर्ण फेरा लगाउने मुख्य मार्ग मानिने मनाङबाट स्वदेशी हुन् या विदेशी पहिलो पाइला टेकेपछि आनन्दित बन्छन् । प्राकृतिक छटासँगै घुम्नका लागि आकर्षक स्थलहरु रहेकाले पहिलो पटक पुग्नेहरुले आफनो बसाई लम्ब्याउँछन् । चामेबाट ढिकुरपोखरी, पिसाङ  हुम्दे , भ्राताङ हुदै मनाङ र टंकी मनाङ पुग्दा बाटोमा देखिने दृश्यले स्वर्गकै अनुभूति दिलाउँछ । वास्तविक सौन्दर्यको दृश्य माथिल्ला मनाङ पुगेपछि गर्न सकिन्छ ।  नजिकै देखिने हिमाल, हिउँले खाएर बनेको पहाड, बुट्यान, पुराना गुम्बाले पर्यटक लोभिन्छन् । लोर्के पास हुँदै थोराङपासको यात्रा तय गरेका क्यानडाका निकोल पहिलो पटक आउँदा वातावरणबाट निकै मोहित बने । उनलाई यहाँका दृश्यहरुले लोभ्याएर जति फोटो खिचे पनि धितै मरेन । 'पहिलेा पटकको नेपाल पदयात्रामा यति सुन्दर परिदृश्यमा रमाउन पाइयो,' उनले भने, 'घुम्नका लागी  निकै उपयुक्त ठाउँ रहेछ ।'
उनी मात्र हैनन पहिलो पटक आउनेहरु यहाँका दृश्यले मोहित बनाएपछि यस्तै हर्षको अनुभव सुनाउने गरेका छन् ।  माथिल्लो मनाङमा रहेको गंगापूर्ण ताल, हिमताल, यहाँको प्रमुख आकर्षण हुन् । चिसो मौसममा हिउ जम्ने गरे पनि अरु बेला भने कञ्चन देखिन्छ । सेताम्मे हिमाल मुनी रहेको गंगगापूर्ण तालले मनमा अर्को तरंग ल्याउने गर्छ । अन्नपुर्ण, २,३,४ गंगापुर्ण हिमाल, तिलिचो हिमाल जस्ता श्रृखलाहरु नजिकैबाट अवलोकन गर्न सकिन्छ । त्यस्तै संरक्षित बन्यजन्तुको बाँसस्थान रहेको यस क्षेत्रमा विभिन्न चरा र जीवनन्तुहरुले पर्यटक लोभिन्छन् । यहिँबाट संसारकै उचाईमा रहेको तिलिचो ताल पुग्न सकिन्छ । मनाङबाट तीन दिनको पैदल यात्रा गरेपछि पुग्न सकिने तिलिचो जाने उपयुक्त मौसम भने भदौ असोज महिना रहेको स्थानिय बताउँछन् ।  त्यस्तै अर्को महत्त्वपूर्ण गन्तव्य थोराङपास हुदै मुक्तिनाथ पुग्ने ट्रेडमार्क नै हो मनाङ ।
'अधिकांश पर्यटक तिलिचो र थोराङपास पुग्नका लागि मनाङलाई प्रमुख गन्तव्य बनाउँदै आएका छन्,' स्थानिय पर्यटन व्यवसायी समितिका अध्यक्ष विनोद गुरुङले भने, 'पर्यटकलाई आकर्षण गर्ने खालका गतिविधि यहाँ पर्याप्त छन् ।' उनका अनुसार पछिल्लो क्रममा खोलिएको मोटरबाटोले पर्यटक आगमनमा केही असर पुगे पनि वैकल्पिक मार्गको खोजी गरिएकाले त्यसले पर्यटक आकर्षण पढाउने बताए । एक्याप, जिविस र टान पश्चिमाञ्चलले झण्डै ६३ किमीको  लमजुङ बेँसीसहरबाट नया पदयात्रा मार्गको निर्माण थालेको छ । पर्यटकीय प्रचारप्रसारका  थुप्रै अभियान यहाँ सञ्चालन भएका छन् ।  २००४, २००७ र २०१० मा गन्तव्य मनाङ कार्यक्रम सञ्चालन भइसकेको छ
त्यसो त यहाँ आउने स्वदेशी तथा विदेशी पाहुनालाई स्थानियको आतित्थ्यता र सत्कार पनि राम्रो हुने गरेको छ । जिल्ला पर्यटकीय स्तरका २  सय भन्दा बढी होटल रहेका छन् । चामे, पिसाङ, हुम्दे, मनाङ लगायतका ठाउँहरुमा बढी होटल सुविधा छन् । परम्परागत संस्कृति र रहनसहन पनि यो क्षेत्रकेा अर्को विशेषता हो । तिब्तीय संस्कृति हेर्न नार र फु गाविसमा जान सकिन्छ । वर्षेनी २० हजार विदेशी पर्यटक यो जिल्ला हुदै अन्नपुर्ण सेरोफेरोको चक्कर लगाउँछन् । 



भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger