Widgets

Home » » अमेरिकामा नेपाली सुन्दरी छनोट

अमेरिकामा नेपाली सुन्दरी छनोट

Written By sangalo on Sunday, July 14, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

miss

काठमाडौं, असार ३० - आगामी अगस्ट १७ मा न्युयोर्कमा हुने मिस नेपाल युएसएको तेस्रो संस्करणमा भाग लिनका लागि अमेरिकाभरका नेपाली युवतीहरुले आफ्नो नाम दर्ता गराइरहेका छन् । मिस नेपाल युएसएमा भाग लिनका लागि नाम दर्ता गराउने डेडलाइन जुलाई १५ तारिख सोमबार सकिँदैछ । त्यसपछि नाम दर्ता गराएका युवतीहरुबाट अन्तिम प्रतिस्पर्धाका लागि २० जना युवतीहरुको छनौट गरिने आयोजकले जानकारी दिएका छन् । अमेरिकामा नेपालीहरुको संख्या बढ्दै जाने क्रममा अमेरिकामा रहेका नेपालीमूलका युवतीहरुका लागि प्लाटर्फमको रुपमा ३ वर्षअघि सुरु भएको मिस नेपाल युएसप्रति अमेरिकामा रहेका नेपाली युवतीहरुको आकर्षण बढ्दै गएकाले अडिशनका लागि पनि उत्साहजनक सहभागिता रहेको आयोजकले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । 'नारी सौन्दर्य साथै नारी प्रतिभाको लागि छुटै प्लेटर्फमको रुपमा मिस नेपाल युएस रहँदै आएको छ,' विज्ञप्तीमा भनिएको छ, 'यसमा १८ देखि २६ वर्षसम्मका युवतीहरुले भाग लिन पाउँछन् ।' प्रतियोगितामा यसपटक पनि अमेरिकाका बिभिन्न राज्यहरुबाट प्रतिस्पर्धाका लागि युवतीहरुले आफूलाई दर्ता गराउने क्रम निरन्तर जारी छ भने सोमबार दर्ताको क्रम सकिने छ । तीन बर्षको अनुभव सहित यसपटक भने मिस नेपाल युएसए थप नयाा आकर्षणका साथ गर्न लागिएको छ । प्रतिस्पर्धीहरुलाई पूर्व मिस नेपाल माल्भिका सुब्बा र अमेरिकन चर्चित मोडल मेटीज मार्टिनिजले तालिम दिने भएकाले पनि भाग लिने युवतीहरुले निकै उत्साहित छन् । नेपालमा चर्चाको शिखरमा बस्न सफल डिजाइनर विश्व गौतमको पहिरन लगाएर प्रतिस्पर्धीहरु क्याट वाक गर्नेछन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger