Widgets

Home » » टम क्रुज र केट होल्मस्की सात वर्षकी छोरी सुरीको धम्की

टम क्रुज र केट होल्मस्की सात वर्षकी छोरी सुरीको धम्की

Written By sangalo on Sunday, July 14, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

Suri

उम्रँदै तीन पात भन्ने नेपाली उखान कसैका लागि मिल्छ भने सायद, सुरीका लागि नै । कलाकारद्वय टम क्रुज र केट होल्मस्की सात वर्षकी छोरी सुरी सानैदेखि नखरा पार्न सिपालु भइसकेकी छन् । आखिर 'टम-क्याट' की पुल्पुलिएकी छोरी न हुन् । बच्चामा सबैभन्दा लोकपि्रय सेलिबि्रटीसमेत बनिसकेकी सुरीले हालै आफ्नो फोटो खिच्न खोज्ने पापाराजीलाई नखिच्न भन्दै धम्काएकी छन् । हालै, आफ्नो जिम्न्यास्टिक क्लासबाट आमा केटको हात समात्दै आइरहेकी सुरीलाई देखेपछि केही पापाराजी र प्रोफेसनल अटोग्राफर हन्टरको फलोमा परेका थिए । पापाराजीका क्यामेराका फ्ल्यास चम्किन थालेपछि केटले क्षणभरका लागि हाँसेर हात हल्लाउँदै उम्किन खोजिन् । तर सुरीलाई भने यत्तिकै उम्केर भाग्न मन लागेनछ । घुरेर हेरेको केही समयसम्म पनि फोटो खिच्न नरोकिएपछि सुरी कड्किइन्, 'बन्द गर ।' त्यसपछि आमासँगै बाटो तताएकी सुरीले जाँदाजाँदै फेरि झोक्किइन्, 'हाम्रो बाटोबाट हट ।' एउटी बच्चीले यसरी गाली गरेपछि भने पापाराजी र अटोग्राफ लिन झुम्मिएका फ्यान अवाक् भएका थिए । छोरीलाई च्यापेर जाँदै गरेकी केटलाई एकले भन्न भ्याए, 'प्लिज केट, फ्यानलाई हेलत्तो नगर ।' त्यसपछि अर्काले सुरीलाई छेड हाने, 'बाई सुरी, सानी ब्राट ।'

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger