Widgets

Home » » ‘मायाको बारी’मा हिरो यशराज बैबाहिक बन्धनमा बाँधिए

‘मायाको बारी’मा हिरो यशराज बैबाहिक बन्धनमा बाँधिए

Written By sangalo on Sunday, July 14, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
नेपाली सिनेमा नगरीमा उदाउँदै गरेका नायक यशराज गरच बैबाहिक बन्धनमा बाँधिएका छन् । उनले आइतबार अर्थात असार ३० गते प्रेमिका अञ्जना मिश्रलाई दुलहीको रुपमा घर भित्राएका हुन् । आफ्नो अस्थायी घर सुकेधाराबाट ५० जना जन्ती लिएर यशराज अञ्जनालाई लिन पुरानो बानेश्वरमा रहेको एक पार्टी प्यालेसमा पुगेका थिए ।पञ्चे बाजा घन्काउँदै यशराजले अञ्जनाको सिउँदो रंगाएका हुन् । आफ्नो प्रेमलाई बिहेमा परिणत गर्न पाउँदा यशराज निक्कै खुशी देखिएका थिए । उनले बिहे भोज साउन २ गते काठमाण्डौकै एक पार्टी प्यालेसमा दिने तयारी गरेका छन् । उक्त पार्टीमा नेपाली सिनेमाका चर्चित कलाकार सहित ३ सय जना चलचित्रकर्मीको सहभागीता रहने बताइएको छ चलचित्र ‘स्वर’ मार्फत नेपाली रजतपटमा भित्रिएका यशराजले ‘मायाको बारी’ मार्फत चर्चा पाएका थिए ।बिहे बन्धनमा बाँधिएका नायक यशराजलाई हाम्रो तर्फबाट पनि शुभकामना ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger