Widgets

Home » » माओवादीका नेताले बोकेको हतियार अबैध

माओवादीका नेताले बोकेको हतियार अबैध

Written By sangalo on Sunday, July 7, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
२४ असार, काठमाण्डौं । सरकारले विस्तृत शान्ति सम्झौताबमोजिम तत्कालीन माओवादीले राखेका सबै हतियार अवैध भएको जनाएको छ । गृह मन्त्रालयले हतियार बुझाउन पटकपटक ताकेता गरे पनि नबुझाइएका ३२ थान हतियार सरकारले अवैध भएको घोषणा गरेको हो । गृहको यो घोषणासँगै ती हतियार बरामद गर्न प्रहरीलाई बाटो खुलेको छ । तत्कालीन माओवादीले शान्ति प्रक्रियामा आएपछि आफ्ना नेताहरूको सुरक्षाका लागि राखेका हतियारमध्ये ३२ थान अझै पनि सरकारलाई बुझाएको छैन । सरकारले पटकपटक ताकेता गरे पनि ती हतियार बुझाउन माओवादीले कुनै चासो नदेखाएको हो । पछिल्लो पटक सरकारले ती हतियार बुझाउन वैशाख महिनासम्मको अल्टिमेटम दिएको थियो । त्यसबेला गृहले नजिकको सुरक्षा निकायमा हतियार बुझाउन आग्रहसमेत गरेको थियो । अल्टिमेटम दिएको दुई महिना बित्न लाग्दा सरकारले त्यसबारे पुनः चासो प्रकट गरेको हो । माओवादी विभाजित भएपछि ती हतियार कहाँ र कसरी राखिएका छन् भन्ने यकिन हुन सकेको छैन । बरु, एकीकृत माओवादी र त्यसबाट विभाजित बनेको मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी दुवैले ती हतियार आफूसँग नभएको प्रस्टीकरण दिँदै आएका छन् । गृह मन्त्रालयका प्रवक्ता सहसचिव शंकर कोइरालाले भीआईपी सुरक्षाका नाममा राखिएका ती हतियार अहिलेसम्म सुरक्षा निकायमा नबुझाइएको बताए । ‘मन्त्रालयले तोकेको समयसीमा सकिएको छ, अब कानुनबमोजिम कारबाही हुन्छ,’ प्रवक्ता कोइरालाले भने । एकीकृत माओवादीले आफूसँग ती हतियार नभएको बताइसकेको छ । ‘हामीसँग त्यस्ता हतियार छैनन्, अनमिनलाई बुझाउनुपर्ने हतियार सबै बुझाइसकेको छौं,’ एकीकृत माओवादीका केन्द्रीय सदस्य देवेन्द्र पौडेलले भने । एकीकृत माओवादीले ती हतियार वैद्य नेतृत्वको नेकपा माओवादीसँग भएको संकेत गरेको थियो । प्रत्युत्तरमा माओवादीले ती हतियार पेरिसडाँडास्थित एकीकृत माओवादीकै कार्यालयमा रहको जनाएको थियो । स्रोतका अनुसार एकीकृत माओवादीका नेताहरूले आफूबाट फुटेर गएको नेकपा माओवादीका नेताहरूले आफ्नो सुरक्षाका लागि ती हतियार राखेको बताएका थिए । यद्यपि, स्पष्ट प्रमाण नदिएकाले प्रहरीले ती हतियार बरामद गर्न नसकेको राजधानी दैनिकमा खबर छ । गृहले सरकारले ती सबै हतियार अवैध भएको घोषणा गरिसकेकाले प्रहरीले कुनै पनि बेला बरामद गर्न सक्ने जनाएको छ । ‘सुरक्षाकर्मीले देखे अब ती हतियार बरामद हुनेछन्, खोजीका लागि प्रहरी हब सक्रिय हुनेछ,’ गृह प्रवक्ता कोइरालाले भने ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger